
काठमाडौँ, २२ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री महराले कतारमा देखिएको कूटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौँ, यहाँहरुको समस्या पनि वार्ताका माध्यमबाटै हल गर्नुहोस् ।” नेपाल कुनै पनि किसिमका आतङ्कवादका पक्षमा नरहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री महराले खाडी मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनै पनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भन्नुभयो ।
सो अवसरमा साउदी अरबका राजदूत अब्दुलनासेर हुस्सेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफताह हेल्मी र संयुक्त अरब इमिरेट्सका कावा राजदूत हइथम अलले संयुक्त रुपमा कतारसँग गरिएको सम्बन्धबिच्छेदको जानकारी गराउनुभयो ।
इजिप्टका राजदूत हेल्मीले कतारसँग सम्बन्धबिच्छेद गर्नुपरेका कारणबारे जानकारी गराउँदै भन्नुभयो, “कतारले मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङ्कवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क जनताका विरुद्धमा छ ।” साउदीका राजदूत हल–हार्थीले साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली पूर्ण रुपमा सुरक्षित रहेको र तिनको दैनिकीमा कुनै समस्या नआउने बताउनुभयो ।
यसैबीच परराष्ट्रमन्त्री महराले आजै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग भएको शिष्टाचार भेटमा दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पर्यवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्ठता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।
सो अवसरमा राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनाका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पुरयाएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियाली नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त