लन्डन । तमु समाज बेलायतले लन्डनमा आफ्नै कम्युनिटी हल पाएको छ । ब्रेन्ट काउन्सिलले गत शुक्रबार समाजलाई हलको चाबी हस्तान्तरण गरेको हो । सडबरी टाउनको बारहाम पार्क नेर रहेको कम्युनिटी हल समाजका सदस्यहरुबाहेक बेलायतको समस्त नेपाली समुदायले प्रयोग गर्न सक्ने समाजका हाउजिङ कोअर्डिनेटर सुवसिंह गुरुङले बताए । उनका अनुसार बेलायती सरकारबाट नेपाली समुदायले सामुदायिक भवन पाएको यो पहिलो हो ।
हलमा कुनै पनि बैठक, धार्मिक सांस्कृतिक र अन्य कार्यक्रम गर्न सकिनेछ । एकसय जना अट्ने उक्त हल रिफर्बिस गरेर आगामी सेप्टेम्बर ९ मा तमु समाज बेलायतको दशौं वार्षिकोत्सवका अवसरमा औपचारिक उद्घाटन गर्ने समाजको योजना छ ।
‘यो नेपाली भवन हो । सबैले उपयोग गर्न सक्नुहुनेछ’, हाउजिङ कोअर्डिनेटर गुरुङले भने, ‘सरकारले अहिले ७ वर्षका लागि भवन दिएको छ । राम्रो काम गरेर देखाउन सके वर्षौंसम्म अझ ठूलो हल र फण्ड पनि लिन सकिने रहेछ ।’ समाजले स्थानीय समुदायसंग निकट रहेर धेरै वर्ष देखि काम गर्दै आएको थियो । त्यही विश्वासका आधारमा हल लिन सकिएको गुरुङ बताउंछन् ।
बारहाम पार्क नजिक भएकाले विशेषगरि वृद्धवृद्धा पार्क घुमेर विश्राम गर्न हल आउन सक्छन् । समाजले किचेन बनाइदिने योजना बनाएको छ जसले गर्दा वृद्धवृद्धा र अन्य आगन्तुकलाई हल आएको बेला चिया खाजा बनाउन सहज हुनेछ । पार्क नै छेउमा भएकाले पार्किङ झन्झट पनि हुने छैन् । विभिन्न कक्षा सञ्चालन गर्न पनि हल उपयुक्त हुनेछ ।
तमु समाज बेलायतले ‘रिक्रेशन सेन्टर’ बनाउन धेरै अगाडि देखि गृहकार्य गरिरहेको थियो । नेपाली समुदायका लागि कार्यक्रम वा बैठक गर्न आफ्नै भवन नहुंदा असहज भइरहेका बेला हल मिलेको छ । तमुधिं यूकेको हाउजिङ कमिटीको सचिव भएर सुवसिं गुरुङले सन् २००८ मा मिचेटमा भवन खरिद गरेपछि समाजले गुरुङलाई नै हाउजिङ प्रोजेक्टको संयोजक तोकेको थियो । गुरुङ भन्छन्, ‘हामीसंग कि खरिद गर्न अथवा सरकारसंग माग्ने दुई विकल्प थियो । लन्डनमा किन्न सहज नभएकाले मैले सरकारसंग लिन नै धेरै पहल गरें ।’ तमु प्ये लु संघ यूकेले पनि आफ्नो घर खरिदका लागि गुरुङलाई प्रोपर्टी टिममा राखेको छ ।
च्यारिटेबल तमु समाज बेलायतको लन्डनमा आफ्नै प्रभाव छ । सुवसिंहसहित संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र वर्तमान अध्यक्ष अर्जुन गुरुङ यस प्रोजेक्टमा रातदिन खटिएका थिए । लन्डनमा घर किन्ने परिकल्पना संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको हो ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?