लन्डन । तमु समाज बेलायतले लन्डनमा आफ्नै कम्युनिटी हल पाएको छ । ब्रेन्ट काउन्सिलले गत शुक्रबार समाजलाई हलको चाबी हस्तान्तरण गरेको हो । सडबरी टाउनको बारहाम पार्क नेर रहेको कम्युनिटी हल समाजका सदस्यहरुबाहेक बेलायतको समस्त नेपाली समुदायले प्रयोग गर्न सक्ने समाजका हाउजिङ कोअर्डिनेटर सुवसिंह गुरुङले बताए । उनका अनुसार बेलायती सरकारबाट नेपाली समुदायले सामुदायिक भवन पाएको यो पहिलो हो ।
हलमा कुनै पनि बैठक, धार्मिक सांस्कृतिक र अन्य कार्यक्रम गर्न सकिनेछ । एकसय जना अट्ने उक्त हल रिफर्बिस गरेर आगामी सेप्टेम्बर ९ मा तमु समाज बेलायतको दशौं वार्षिकोत्सवका अवसरमा औपचारिक उद्घाटन गर्ने समाजको योजना छ ।
‘यो नेपाली भवन हो । सबैले उपयोग गर्न सक्नुहुनेछ’, हाउजिङ कोअर्डिनेटर गुरुङले भने, ‘सरकारले अहिले ७ वर्षका लागि भवन दिएको छ । राम्रो काम गरेर देखाउन सके वर्षौंसम्म अझ ठूलो हल र फण्ड पनि लिन सकिने रहेछ ।’ समाजले स्थानीय समुदायसंग निकट रहेर धेरै वर्ष देखि काम गर्दै आएको थियो । त्यही विश्वासका आधारमा हल लिन सकिएको गुरुङ बताउंछन् ।
बारहाम पार्क नजिक भएकाले विशेषगरि वृद्धवृद्धा पार्क घुमेर विश्राम गर्न हल आउन सक्छन् । समाजले किचेन बनाइदिने योजना बनाएको छ जसले गर्दा वृद्धवृद्धा र अन्य आगन्तुकलाई हल आएको बेला चिया खाजा बनाउन सहज हुनेछ । पार्क नै छेउमा भएकाले पार्किङ झन्झट पनि हुने छैन् । विभिन्न कक्षा सञ्चालन गर्न पनि हल उपयुक्त हुनेछ ।
तमु समाज बेलायतले ‘रिक्रेशन सेन्टर’ बनाउन धेरै अगाडि देखि गृहकार्य गरिरहेको थियो । नेपाली समुदायका लागि कार्यक्रम वा बैठक गर्न आफ्नै भवन नहुंदा असहज भइरहेका बेला हल मिलेको छ । तमुधिं यूकेको हाउजिङ कमिटीको सचिव भएर सुवसिं गुरुङले सन् २००८ मा मिचेटमा भवन खरिद गरेपछि समाजले गुरुङलाई नै हाउजिङ प्रोजेक्टको संयोजक तोकेको थियो । गुरुङ भन्छन्, ‘हामीसंग कि खरिद गर्न अथवा सरकारसंग माग्ने दुई विकल्प थियो । लन्डनमा किन्न सहज नभएकाले मैले सरकारसंग लिन नै धेरै पहल गरें ।’ तमु प्ये लु संघ यूकेले पनि आफ्नो घर खरिदका लागि गुरुङलाई प्रोपर्टी टिममा राखेको छ ।
च्यारिटेबल तमु समाज बेलायतको लन्डनमा आफ्नै प्रभाव छ । सुवसिंहसहित संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र वर्तमान अध्यक्ष अर्जुन गुरुङ यस प्रोजेक्टमा रातदिन खटिएका थिए । लन्डनमा घर किन्ने परिकल्पना संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको हो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार