लन्डन । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरका स्याडो चान्सलर जोन म्याकडोनेलसंग भेटवार्ता गरेका छन् । एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतको चौंथो अधिवेशनका क्रममा हाल बेलायत भ्रमणमा रहेका सचिव भट्टराई, पोलिटब्युरो सदस्य डा. विजय पौडेल, मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीसहितको टोलीले म्याकडोनेलसंग मंगलबार बेलायती संसद भवनमा भेट गरेको हो ।
द्विपक्षीय वार्ताका क्रममा नेताहरुबीच नेपालमा जारी स्थानीय निर्वाचनसहित वर्तमान राजनीति, बेलायतले भूकम्पका बेला गरेको सहयोग, विभेदकारी गोर्खा पेन्सन, बेलायतमा बसोवास गर्ने नेपालीलाई बेलायती राजनीतिमा संलग्न गराउनेलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मञ्चका अध्यक्ष पुडासैनीले जानकारी दिए ।
भेटमा नेता भट्टराईले नेपालबाटै सहज भिजा उपलव्ध गराउन भिजा सेन्टर नेपालमा राख्न र भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई समान पेन्सनका लागि सहयोग गर्न विशेष आग्रह गरेका थिए । जवाफमा म्याकडोनेलले पार्टी र आफ्ना तर्फबाट गोर्खा समस्या समाधान गर्न र नेपाललाई बेलायतले दिंदै आएको सहयोग निरन्तर गराउन पहल गर्ने आश्वासन दिएका थिए ।
त्यस्तै, भट्टराईले ब्रिटेन कम्युनिष्ट पार्टीका महासचिव एन्डी ब्रुक्ससंग पनि मंगलबार नै लन्डनमा भेट गरे । सो भेटका क्रममा दुवैपार्टीबीच सम्बन्ध बिस्तार र कार्ल माक्स द्विशतवार्षिकी मनाउनेबारे छलफल भएको थियो ।
भेटवार्तामा एमालेका अर्का नेता रमेश पौडेल, ओएनएफ क्यानाडाका महासचिव विश्वम्भर घिमिरे, ओएनएफ बेलायतका उपाध्यक्ष रामजी बराल, रबिन्द्र कंडेललगायतको सहभागिता थियो ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?