लन्डन । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरका स्याडो चान्सलर जोन म्याकडोनेलसंग भेटवार्ता गरेका छन् । एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतको चौंथो अधिवेशनका क्रममा हाल बेलायत भ्रमणमा रहेका सचिव भट्टराई, पोलिटब्युरो सदस्य डा. विजय पौडेल, मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीसहितको टोलीले म्याकडोनेलसंग मंगलबार बेलायती संसद भवनमा भेट गरेको हो ।
द्विपक्षीय वार्ताका क्रममा नेताहरुबीच नेपालमा जारी स्थानीय निर्वाचनसहित वर्तमान राजनीति, बेलायतले भूकम्पका बेला गरेको सहयोग, विभेदकारी गोर्खा पेन्सन, बेलायतमा बसोवास गर्ने नेपालीलाई बेलायती राजनीतिमा संलग्न गराउनेलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मञ्चका अध्यक्ष पुडासैनीले जानकारी दिए ।
भेटमा नेता भट्टराईले नेपालबाटै सहज भिजा उपलव्ध गराउन भिजा सेन्टर नेपालमा राख्न र भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई समान पेन्सनका लागि सहयोग गर्न विशेष आग्रह गरेका थिए । जवाफमा म्याकडोनेलले पार्टी र आफ्ना तर्फबाट गोर्खा समस्या समाधान गर्न र नेपाललाई बेलायतले दिंदै आएको सहयोग निरन्तर गराउन पहल गर्ने आश्वासन दिएका थिए ।
त्यस्तै, भट्टराईले ब्रिटेन कम्युनिष्ट पार्टीका महासचिव एन्डी ब्रुक्ससंग पनि मंगलबार नै लन्डनमा भेट गरे । सो भेटका क्रममा दुवैपार्टीबीच सम्बन्ध बिस्तार र कार्ल माक्स द्विशतवार्षिकी मनाउनेबारे छलफल भएको थियो ।
भेटवार्तामा एमालेका अर्का नेता रमेश पौडेल, ओएनएफ क्यानाडाका महासचिव विश्वम्भर घिमिरे, ओएनएफ बेलायतका उपाध्यक्ष रामजी बराल, रबिन्द्र कंडेललगायतको सहभागिता थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’