लन्डन । एनआरएनए यूके प्रवक्ता खुशी लिम्बुले आगामी सेप्टेम्बर ९ मा हुन लागेको संघको निर्वाचनमा महासचिवको उम्मेदवारी दिने भएका छन् । आइतबार सञ्चारकर्मीहरुमाझ उनले उम्मेदवारी दिने घोषणा गरे । कुनै गुट उपगुट नभइ व्यक्तिगत रुपमा चुनाव लड्ने दावी उनको छ । आगामी अगष्ट ७ सम्म सदस्यता लिने समयसीमाबीच लिम्बुले हाल सदस्यता विस्तार तीव्र बनाइरहेको बताए ।
१२ बुंदे घोषणापत्र सार्वजनिक गर्दै लिम्बुले नेपाल हाउस प्रोजेक्टको निरन्तरता, एनआरएनए यूके इयर अवार्ड स्थापना, क्षेत्रीय समिति गठन, दूतावासको सहकार्यमा नेपाल र बेलायत प्रत्यक्ष हवाई उडान सेवा पुनस्थापना आदि महत्वाकांक्षी योजना सारेका छन् ।
लिम्बुका दर्जन एजेन्डाः
१. अग्रजहरुले शुरुवात गरेको र वर्तमान कार्यसमितिले निश्चित उचाईंमा पुरयाएको बेलायतमा नेपाल हाउस परियोजनालाई आगामी दुई वर्षको कार्यकालमा एउटा तार्किक चरणसम्म पुरयाउनेछु ।
२. एनआरएनए यूकेलाई बेलायतका नेपालीहरुबीच बढि जिम्मेवारी बनाउन च्यारिटी र मानव कल्याणका कार्यहरुमध्ये न्यूनतम ४० प्रतिशत कामहरु बेलायतमुखी बनाउनेछु ।
३. प्रवक्ता हुंदा सम्हालेको प्रेस विभाग र च्यारिटी विभाग लगायत गैर आवासीय नेपाली संघ बेलायतका अन्य विभागहरुलाई बढि जिम्मेवार र सक्रिय बनाउनेछु ।
४. गैर आवासीय नेपाली संघ बेलायतमा युवा, महिला, गोर्खा र जनजाति लगायत विभिन्न उपसमुदाय, तह र तप्काका नेपालीहरुको एनआरएनए यूकेमा सहभागिता अभिवृद्धि गर्न विभिन्न विद्यामा एनआरएनए वर्ष पुरस्कार (एनआरएनए यूके इयर अवार्ड) स्थापना गर्नेछु ।
५. वान एनसीसी वान प्रोजेक्ट लगायत संघले नेपालमा गर्दैआएको परोपकारी कार्यहरुलाई संस्थागत गरि निरन्तरता दिनेछु ।
६. सञ्चार माध्यमहरुलाई अरु उपयोगी र प्रभावकारी ढंगले सञ्चालन गर्नेछु साथै एनआरएनए यूकेको आन्तरिक ब्यवस्थापन चुस्त र स्फूर्त राख्नेछु ।
७. पहिलो १२ महिना भित्रमै यूकेका विभिन्न स्थानमा क्षेत्रीय कमिटी गठन गर्नेछु ।
८. गैर आवासीय नेपालीहरुको लागि विभेदकारी नीति रहेको संविधानको धारा १४ र धारा २९१ संशोधनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु ल्याउनेछु ।
९. अनलाइन भोटिङ पद्धतिको विकास गरी आजसम्मकै अधिकतम संख्यामा पञ्जिकृत सदस्य संख्या विस्तार गर्नेछु ।
१०. आइसीसीले हालै शुरु गरेको केन्द्रीय सञ्चार प्रणालीलाई बढी उपयोगी र प्रभावकारी बनाउन सचिवालयसित नजिकमा रहेर प्रत्यक्ष सहयोग पुरयाउने कार्यलाई निरन्तरता दिनेछु ।
११. नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुनस्थापना गर्न नेपाली दूतावास लन्डनसंग मिलेर एनआरएनए यूकेको तर्फबाट विशेष पहल गर्नेछु ।
१२. एनआरएनए युरोपको २०१९ मा हुने १२ औं क्षेत्रीय बैठक बेलायतमा गर्नका निम्ति युरोपेली स्तरमा विशेष भूमिका खेल्नेछु ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा