काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताउनुभयो । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौँका करिब ६०० स्थानमा जेब्रा क्रसिङ राख्ने स्थान पहिचान गरिएको छ । पार्किङ व्यवस्थापन गर्न निर्मित समितिले पार्किङको सम्भावनाका विषयमा प्रतिवेदन बुझाइसकेको छ । प्रदूषण जाँच गर्न उपकरण थप गर्ने तयारी भएको छ ।
बैठकमा सडक मर्मत तथा धुलोरहित बनाउने, यातायात क्षेत्रका नियमन तथा व्यवस्थापन गर्न ओभर हेड, फ्लाई ओभर ब्रिज तथा अन्डर पासिङ बनाउने, पार्किङ व्यवस्थापन, ट्राफिक लाइटलगायत विषयमा छलफल गरिएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले यही असार मसान्तभित्र चाबहिलदेखि चुच्चेपाटीसम्मको धुलो र ढलका समस्या समाधान गरिसकिने बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सडक सङ्केत र सवारी अडिने ठाउँको वैज्ञानिक व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा