
नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगातार रुपमा ३१ वर्षयता जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको छ । अहिले उहाँ उर्लाबारी – ४ को वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । तस्विर – सुमन घिमिरे, उर्लाबारी (मोरङ) रासस
उर्लाबारी (मोरङ), १९ असार । नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ ।
अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित हुनुभएको छ । धिमाल २०४३ देखि भएका स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आउनुभएको छ ।
विसं २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित हुनुभएका धिमाल बहुदल आएपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आउनुभएको छ । विसं २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नं १ को वडाध्यक्ष र यसपटक उर्लाबारी नगरपालिका वडा नं ४ को अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
वडावासीबीच सरल र स्वच्छ छवि बनाउनुभएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय मानिनुहुन्छ । एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन नेकपा (माले)मार्फत वामपन्थी राजनीतिमा लाग्नुभएका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसक्नुभएको छ ।
उहाँ निर्वाचित भएको वडामा बक्राहा, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा