लन्डन । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको संसदीय निर्वाचनमा आफ्नो पार्टीले वहुमत ल्याएर सरकार गठन गर्ने दावी गरेका छन् । एमालेको प्रवासस्थित संगठन प्रवासी नेपाली मञ्च यूकेको चौंथो अधिवेशन लन्डनमा उद्घाटन गर्दै भट्टराईले उक्त सरकार पांच वर्ष टिक्ने जिकिर गरे । ‘एमालेको सरकार बनेपछि विदेशमा बसेका नेपालीलाई समेत मताधिकार दिलाउंछौं’, उनले भने, ‘तपाईं एनआरएनहरु नेपाल गएर लगानी गर्नुस्, सुरक्षाका लागि सेनाको ब्रिगेड नै राखिदिउंला ।’ नेपालको आर्थिक समुन्नति र जनताको सुःखदुःखमा साथ दिने हितैषी मित्रको रुपमा एनआरएन रहेको पनि उनले उल्लेख गरे ।
दोश्रो चरणको स्थानीय निकाय निर्वाचनमा मतदाताको सहभागिता ऐतिहासिक भन्दै नेता भट्टराईले जनप्रतिनिधि चुनिएपछि आर्थिक गतिविधि बढ्ने बताए । स्थानीय निकाय निर्वाचनमा एमालेको जितप्रति इंगित गर्दै उनले भने, ‘राजनीतिमा गफ लगाउने बेला सकिएको छ । एमालेले पनि राम्रो काम गरेन भने उसले क्षति बेहोर्नुपर्छ ।’
नेपालको जस्तो सांस्कृतिक, धार्मिक सहिष्णुता अन्यत्र नभएको दावी गर्दै भट्टराईले प्रतिशोध र निषेधले देश नबन्ने धारणा राखे । ‘अमेरिका, बेलायतको तुलनामा नेपालको संविधान कुनै पनि तरिकाले कमजोर छैन्’, उनले भने, ‘अब अभ्यास थालिसकेर परिणाम आउन बांकी छ । शक्ति पृथकीकरणको सिद्धान्त, राज्यका निर्देशक सिद्धान्त र जनताप्रतिको जवाफदेहीता, आरक्षण नीति आदिका हिसावले नयां संविधान उत्कृष्ट छ ।’
रामशरण सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले संविधानमा गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता व्यवस्था भएको उल्लेख गर्दै नागरिकतालाई भावना र राष्ट्रियतासंग जोडिनुपर्ने बताए । राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतस्थित नेपाली डायस्पोराले नेपालकै आर्थिक, सामाजिक विकास र राजनीतिक स्थायित्व चाहेको बताए ।
महासचिव तुंग भुषालले सञ्चालन गरेको उद्घाटन सत्रमा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, गेसो अध्यक्ष कृष्णकुमार राई, कर्ण शाही, विजन भट्ट, रोशन सापकोटा लगायतले शुभकामना दिएका थिए । अधिवेशनले राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयां नेतृत्व सर्वसम्मत चुनेको छ ।
तस्विरः शिव भण्डारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ