काठमाडौँ, १७ असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।
यही असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका-नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।
रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा