
नेपालको शिक्षा विकासमा थप सहयोग गर्न प्रतिबद्धता जनाउँन उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावासहितका प्रतिनिधिहरु । तस्बिर ः प्रकाश सिलवाल, रासस
काठमाडौँ, १६ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको सो भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनःनिर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
जापान सरकारको सहयोगमा हालसम्म २८३ विद्यालय निर्माण भइसकेको छ भने करिब पाँच सय विद्यालय निर्माणाधीन छ ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले विनाशकारी भूकम्पपछि जापान सरकारले राहत, पुनःस्थापना र विद्यालय भवन निर्माणमा गरेको सहयोगप्रति धन्यवाद दिँदै जापानको शिक्षा विकास, प्रविधि र प्रगतिबारे नेपाली विद्यार्थीले अध्ययन र सिक्नसक्ने थप वाताववरण निर्माण गर्न आग्रह गर्नुभयो ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग