लन्डन । ‘दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट झण्डै दुई दर्जन कलाकार लन्डन आइपुगेका छन् । थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको कार्यक्रममा सहभागी हुन पहिलो चरणमा कलाकार, प्राविधिकसहित २६ जना बिहीबार सांझ लन्डन उत्रिएका हुन् ।
कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि लन्डन आएका हुन् । आयोजक थर्ड आइका अनुसार शुक्रबार पनि अन्य कलाकारहरु बेलायत आउने कार्यक्रम छ ।
‘पहिलो पटक बेलायत आउंदा ज्यादै उत्साहित छु’, नायक आर्यन सिग्देलले भने, ‘सात समुद्रपार हुन लागेको अवार्डस कार्यक्रमले नेपाली चलचित्र विकासमा फड्को मार्ने मेरो विश्वास छ ।’
नायिका करिष्मा मानन्धरलाई बेलायत नौलो होइन । कस्तुरी फिल्म निर्माणले उनलाई बेलायतकै पिआर होल्डर बिनोद मानन्धरसंग घरजम गरायो । पछिल्लोपटक सन् २०१० मा बेलायत आएकी करिष्माले यसपटक अवार्डसमा भाग लिन आउंदा बेग्दै उत्साह जागेको बताइन् । ‘यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र प्रवर्धन गर्न सघाउनेछ’, उनले भनिन् ।
नायिकाहरु केकी अधिकारी, सुरबीना कार्की र नम्रता योगी पनि हिथ्रो ओर्लंदा थकित तर उत्साहित देखिन्थे । ‘हामी कलाकर्मीहरुको चाहना नै नेपाली चलचित्र क्षेत्रले गति लिइरहोस् भन्ने हो’, केकीले भनिन्, ‘विदेशमा यस्ता कार्यक्रमले नेपाली दर्शकसंग प्रत्यक्ष साक्षात्कार गराउन पनि मद्दत पुग्छ ।’
सोमबार स्वदेश फर्कनुअघि कलाकारहरु सेन्ट्रल लन्डन घुम्ने योजनामा छन् ।
बेलायतमा पहिलोपटक हुन लागेको अवार्डस कार्यक्रमको उद्देश्य नेपाली चलचित्र प्रवर्धन गर्नु रहेको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले बताए ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?