लन्डन । ‘दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट झण्डै दुई दर्जन कलाकार लन्डन आइपुगेका छन् । थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको कार्यक्रममा सहभागी हुन पहिलो चरणमा कलाकार, प्राविधिकसहित २६ जना बिहीबार सांझ लन्डन उत्रिएका हुन् ।
कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि लन्डन आएका हुन् । आयोजक थर्ड आइका अनुसार शुक्रबार पनि अन्य कलाकारहरु बेलायत आउने कार्यक्रम छ ।
‘पहिलो पटक बेलायत आउंदा ज्यादै उत्साहित छु’, नायक आर्यन सिग्देलले भने, ‘सात समुद्रपार हुन लागेको अवार्डस कार्यक्रमले नेपाली चलचित्र विकासमा फड्को मार्ने मेरो विश्वास छ ।’
नायिका करिष्मा मानन्धरलाई बेलायत नौलो होइन । कस्तुरी फिल्म निर्माणले उनलाई बेलायतकै पिआर होल्डर बिनोद मानन्धरसंग घरजम गरायो । पछिल्लोपटक सन् २०१० मा बेलायत आएकी करिष्माले यसपटक अवार्डसमा भाग लिन आउंदा बेग्दै उत्साह जागेको बताइन् । ‘यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र प्रवर्धन गर्न सघाउनेछ’, उनले भनिन् ।
नायिकाहरु केकी अधिकारी, सुरबीना कार्की र नम्रता योगी पनि हिथ्रो ओर्लंदा थकित तर उत्साहित देखिन्थे । ‘हामी कलाकर्मीहरुको चाहना नै नेपाली चलचित्र क्षेत्रले गति लिइरहोस् भन्ने हो’, केकीले भनिन्, ‘विदेशमा यस्ता कार्यक्रमले नेपाली दर्शकसंग प्रत्यक्ष साक्षात्कार गराउन पनि मद्दत पुग्छ ।’
सोमबार स्वदेश फर्कनुअघि कलाकारहरु सेन्ट्रल लन्डन घुम्ने योजनामा छन् ।
बेलायतमा पहिलोपटक हुन लागेको अवार्डस कार्यक्रमको उद्देश्य नेपाली चलचित्र प्रवर्धन गर्नु रहेको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार