काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।
आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो ।
आयोगले हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले अध्ययन गरिरहेको छ । एक हजार बढी कर छुटसम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको ठहर छ । यस्तै आयोगले तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि रु तीन तीन अर्बको धरौटी माग गरिएको छ ।
महत र ढकाल फरार रहेको भन्दै आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ । आयोगको हिरासतमा रहेका महानिर्देशक शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो । विभिन्न व्यावसायिक संस्था र प्रतिष्ठानलाई रु २० अर्ब बढी छुट दिएको आरोप महानिर्देशक शर्मामाथि लाग्दै आएको छ ।
‘हालसम्म गरिएको अध्ययनका आधारमा धरौटी माग गरिएको हो’– आयोगका उच्च अधिकारीले भन्नुभयो, ‘कुल रुपमा रु नौ अर्ब बराबरको बदमासी गरेको देखिएकाले दामासाहीमा रु तीन-तीन अर्ब धरौटी माग गरिएको हो । फरार रहेकाको हकमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा