
निर्वाचन अधिकृतको कार्यालयमा सुनसरीमा बिहीबार भोक्राहा गाउँपालिकाको स्थानीय तह निर्वाचनको मतगणना कार्य हुँदै । तस्बिर ः याम प्रधान, रासस
काठमाडाँै, १५ असार । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना सुरु भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अब १०८ स्थानीय तहको मतगणना सुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको थाहा भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता