
दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन प्रमुख आयुक्त आयोधीप्रसाद यादव । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १४ असार । आज सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज मतदान सम्पन्न भएका ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको र यो आँकडा अझ बढ्नसक्ने जानकारी दिनुभयो ।
आज निर्वाचन भएका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको उहाँले बताउनुभयो । प्रदेश नं १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल आठ ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ । सो मतदान केन्द्रमा वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगित भएको हो ।
सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिकाको वडा नं ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।
मतदाताले लोकतान्त्रिक अभ्यासमा जनाएको व्यापक सहभागिताप्रति आभार प्रकट गर्दै प्रमुख आयुक्त डा यादवले आममतदातामा धन्यवाद ज्ञापन गर्नुभयो । निर्वाचन विरोधीले केही ठाउँमा राखेका बमलाई निस्कृय बनाउन र मतदान कार्यमा बाधा पुरयाउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताका कारण मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएको भन्दै आयोगले सुरक्षाकर्मी एवम् अन्य सरोकारवालालाई धन्यवाद दिएको छ ।
मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि राजनीतिक दलहरुसँग समन्वयमा मतगणना कार्य आजैदेखि अगाडि बढाइने आयोगले जनाएको छ ।
मतदान कार्यलाई सफल बनाउन कठिन परिश्रमका साथ अहोरात्र खटिनुभएका निर्वाचन आयोगका कर्मचारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आयोगले धन्यवाद दिएको छ ।
मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग आग्रह गरेको छ ।
मतगणना छिटो गर्ने व्यवस्था मिलाइने
प्रमुख आयुक्त डा यादवले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
निर्वाचन आचारसंहिता पालनामा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले यस विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँका अनुसार आयोगमा लिखित, मौखिक जानकारी वा कुनै सञ्चारमाध्यमबाट आएको जानकारीका आधारमा आचारसंहिताबारे अनुगमन गर्ने गरिएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा