
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविको मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु । तस्बिर ः विनोदसिंह विष्ट, बैतडी, रासस
काठमाडौँ, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज भएको प्रदेश नं १, ५ र ७ को निर्वाचनमा अपराह्न १ः३० बजेसम्म ५३ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार उदयपुर र डडेल्धुरामा ६५ प्रतिशत मतदान भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।
बाँकी जिल्लामा पनि ५० प्रतिशतको हाराहारीमा मतदान भएको उहाँले जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित