
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविको मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु । तस्बिर ः विनोदसिंह विष्ट, बैतडी, रासस
काठमाडौँ, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज भएको प्रदेश नं १, ५ र ७ को निर्वाचनमा अपराह्न १ः३० बजेसम्म ५३ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार उदयपुर र डडेल्धुरामा ६५ प्रतिशत मतदान भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।
बाँकी जिल्लामा पनि ५० प्रतिशतको हाराहारीमा मतदान भएको उहाँले जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता