काठमाडौँ, १३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत भोली बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न सबैमा आह्वान गर्नुभएको छ ।
मतदानको अघिल्लो दिन आज एक सन्देश दिँदै उहाँले भन्नुभयो—’यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाता दाजुभाई तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु ।’ प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन भोली हुँदैछ ।
प्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभयो -‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेकोमा जनताको सबै भन्दा नजिक रहेको जनप्रतिनिधि छनोट गर्ने अन्तिम अवसरको सदुपयोग गर्ने समयमा नेपालीहरु उभिएको छ ।’
‘स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् मर्यादित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित बनाउन सबै सुरक्षाको उपाय अपनाएको छ, त्यसैले आममतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध गर्दछु भन्नुभयो ।’
प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी सबै प्रशासक, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी एव्म स्वयमसेवीलाई जिम्मेवार र संयमतापूर्वक कर्तव्य निर्वाह गर्न पनि अनुरोध गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता