लन्डन । गायिका ममता गुरुङको पहिलो गीति संग्रह ‘ममता’ बेलायतमा समेत बिमोचन गरिएको छ । गत २५ जुनका दिन अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक समारोहबीच एल्बम लोकार्पण गरिएको हो । एल्बमसंगै म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । उक्त एल्बम नेपालमा अप्रिल २६ मा विमोचन भइसकेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, वरिष्ठ गायिका शर्मिला बर्देवा, सहारा यूके अध्यक्ष मिन गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ र चितवन भिचोक समाज यूकेका अध्यक्ष काजीमान गुरुङको हातबाट संयुक्त रुपमा एल्बम विमोचन गरिएको थियो ।
शान्ति थापा कुंवरको सभापतित्वमा भएको उक्त लोकार्पण समारोहमा पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन गर्दै एसियन महिला एसोसिएसनकी उपाध्यक्ष विभा गुरुङले गायिका गुरुङको बायोग्राफीबारे बताइन् ।
गायिका ममताले उपस्थित अतिथीहरु सबैलाई खादाले सम्मान गरेकी थिइन् । उनले व्यस्तता बाबजुद कार्यक्रममा सहभागी भएका सबैप्रति कृतज्ञता व्यक्त गर्दै एल्बम निकाल्न सघाउने सबैमा आभार व्यक्त गरिन् । ममताले कार्यक्रममा आफ्नो एल्बमका गीतहरु गाएर मनोरन्जन समेत दिइन् ।
कार्यक्रममा ममता गुरुङका गुरु एनआरएनए यूके सचिव कृष्ण तिवारीले एल्बम समिक्षा गर्दै आफ्नो विद्यार्थीको गायन यात्रा सफलताको शुभकामना दिए । गायिका शर्मिला बर्देवाले ममताको स्वरको तारिफ गर्दै उनको गायन यात्राको शुभकामना दिएकी थिइन् ।
प्रवासमा रहेर संगीत कर्म आफैंमा चुनौतिपूर्ण रहेको चर्चा गर्दै वक्ताहरुले प्रवासस्थित श्रष्टाहरुलाई माया र साथ दिनुपर्नेमा जोड दिए ।
विगत ७ वर्षदेखि बेलायत बस्दै आएकी ममताको नेपाल घर चितवन माडी २ हो । अध्ययन सकिएपछि उनी गायनमा लागेकी हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस्ः
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग