लन्डन । गायिका ममता गुरुङको पहिलो गीति संग्रह ‘ममता’ बेलायतमा समेत बिमोचन गरिएको छ । गत २५ जुनका दिन अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक समारोहबीच एल्बम लोकार्पण गरिएको हो । एल्बमसंगै म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । उक्त एल्बम नेपालमा अप्रिल २६ मा विमोचन भइसकेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, वरिष्ठ गायिका शर्मिला बर्देवा, सहारा यूके अध्यक्ष मिन गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ र चितवन भिचोक समाज यूकेका अध्यक्ष काजीमान गुरुङको हातबाट संयुक्त रुपमा एल्बम विमोचन गरिएको थियो ।
शान्ति थापा कुंवरको सभापतित्वमा भएको उक्त लोकार्पण समारोहमा पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन गर्दै एसियन महिला एसोसिएसनकी उपाध्यक्ष विभा गुरुङले गायिका गुरुङको बायोग्राफीबारे बताइन् ।
गायिका ममताले उपस्थित अतिथीहरु सबैलाई खादाले सम्मान गरेकी थिइन् । उनले व्यस्तता बाबजुद कार्यक्रममा सहभागी भएका सबैप्रति कृतज्ञता व्यक्त गर्दै एल्बम निकाल्न सघाउने सबैमा आभार व्यक्त गरिन् । ममताले कार्यक्रममा आफ्नो एल्बमका गीतहरु गाएर मनोरन्जन समेत दिइन् ।
कार्यक्रममा ममता गुरुङका गुरु एनआरएनए यूके सचिव कृष्ण तिवारीले एल्बम समिक्षा गर्दै आफ्नो विद्यार्थीको गायन यात्रा सफलताको शुभकामना दिए । गायिका शर्मिला बर्देवाले ममताको स्वरको तारिफ गर्दै उनको गायन यात्राको शुभकामना दिएकी थिइन् ।
प्रवासमा रहेर संगीत कर्म आफैंमा चुनौतिपूर्ण रहेको चर्चा गर्दै वक्ताहरुले प्रवासस्थित श्रष्टाहरुलाई माया र साथ दिनुपर्नेमा जोड दिए ।
विगत ७ वर्षदेखि बेलायत बस्दै आएकी ममताको नेपाल घर चितवन माडी २ हो । अध्ययन सकिएपछि उनी गायनमा लागेकी हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस्ः
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार