लण्डन । सङखुवासभा समाज बेलायतको दशाैँ वार्षिकोत्सव अगष्ट १२ मा मनाइने भएको छ ।
समाजका अध्यक्ष गणेश रानामगरले दिएको जानकारीअनुसार सो कार्यक्रम फेल्थामस्थित कम्युनिटी कलेजमा हुनेछ ।
बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा जन्मिहुर्किएको आफ्नै जिल्लाको सेरोफेरो, हाटबजार, गाउँघर, झल्किने जिल्लाकै मौलिक कला र संस्कृति,भेषभूषा र नृत्यसहित गीतसंगीतको प्रस्तुति रहने छ । साथै गाउँघरको यादमा उकाली अोराली,लेकबेँशी, डाँडाकाँडा,पाखा-पखेरा,पहाड-पर्वत, झरना छाँगा,वनजंगल,खोलानाला,मेलापात, पानीपँधेरो,हाटबजार,वल्लोगाउँ,पल्लोगाउँ, छर-छिमेकमा गुञ्जिने गीतगुञ्जनको साथमा संखुवासभाली युवा पुस्ताको कोसेली र जिल्लामा बसोबास गर्ने जातजाती, भाषाभाषीहरुको मौलिक कला र संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिनेछ।
हाल डेनमार्कमा बसोबास गर्दै आउनु भएका ‘पूर्वमा धरान राम्रो पश्चिममा पोखरा’ गीतका चर्चित संखुवासभाली युवा गायक राजमान तामांगसहित नेपालको राष्ट्रिय कलाकारले सो कार्यक्रममा नचाउने बताइएको छ । यस्तै संखुवासभा अन्तर्राष्ट्रिय समाजको राष्ट्रिय भेला आह्वानको मिति सोही दिन घोषणा गरिने छ भने समाजलाई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्दै आएका महानुभावहरुलाई सम्मान र समाजद्धारा प्रकाशित मुखपत्रको विमोचन गरिने छ ।
कार्यक्रममा सिनियर सिटीजन एवं अन्य जिल्लामा बिहे भएका चेलीवेटीसहित ज्वाई चेलालाई अभिनन्दन् गरिने छ । विभिन्न विद्यामा उच्च शिक्षाा हासिल गर्ने जिल्लाबासीलाई सम्मान पनि गरिने बताइएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार