लण्डन । सङखुवासभा समाज बेलायतको दशाैँ वार्षिकोत्सव अगष्ट १२ मा मनाइने भएको छ ।
समाजका अध्यक्ष गणेश रानामगरले दिएको जानकारीअनुसार सो कार्यक्रम फेल्थामस्थित कम्युनिटी कलेजमा हुनेछ ।
बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा जन्मिहुर्किएको आफ्नै जिल्लाको सेरोफेरो, हाटबजार, गाउँघर, झल्किने जिल्लाकै मौलिक कला र संस्कृति,भेषभूषा र नृत्यसहित गीतसंगीतको प्रस्तुति रहने छ । साथै गाउँघरको यादमा उकाली अोराली,लेकबेँशी, डाँडाकाँडा,पाखा-पखेरा,पहाड-पर्वत, झरना छाँगा,वनजंगल,खोलानाला,मेलापात, पानीपँधेरो,हाटबजार,वल्लोगाउँ,पल्लोगाउँ, छर-छिमेकमा गुञ्जिने गीतगुञ्जनको साथमा संखुवासभाली युवा पुस्ताको कोसेली र जिल्लामा बसोबास गर्ने जातजाती, भाषाभाषीहरुको मौलिक कला र संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिनेछ।
हाल डेनमार्कमा बसोबास गर्दै आउनु भएका ‘पूर्वमा धरान राम्रो पश्चिममा पोखरा’ गीतका चर्चित संखुवासभाली युवा गायक राजमान तामांगसहित नेपालको राष्ट्रिय कलाकारले सो कार्यक्रममा नचाउने बताइएको छ । यस्तै संखुवासभा अन्तर्राष्ट्रिय समाजको राष्ट्रिय भेला आह्वानको मिति सोही दिन घोषणा गरिने छ भने समाजलाई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्दै आएका महानुभावहरुलाई सम्मान र समाजद्धारा प्रकाशित मुखपत्रको विमोचन गरिने छ ।
कार्यक्रममा सिनियर सिटीजन एवं अन्य जिल्लामा बिहे भएका चेलीवेटीसहित ज्वाई चेलालाई अभिनन्दन् गरिने छ । विभिन्न विद्यामा उच्च शिक्षाा हासिल गर्ने जिल्लाबासीलाई सम्मान पनि गरिने बताइएको छ ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय