
काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मङ्गलबार साझाका अध्यक्ष कनकमणि दीक्षितलाई स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्न रु पाँच करोडको चेक हस्तान्तरण गर्दै । तस्बिर ः शर्मिला पाठक, रासस
काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ ।
स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे ।
आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई रु पाँच करोडको चेक हस्तान्तरण गर्नुभयो ।
सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ । कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन् ।
महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको जानकारी दिनुभयो ।
महानगरलाई समृद्ध र जीवन्त सहर निर्माणका लागि आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने पनि उहाँले जानकारी दिनुभयो ।
कामनपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अन्य निजी क्षेत्रका सार्वजनिक यातायातले पनि साझाले जस्तै सेवा दिन आवश्यक रहेको बताउनुभयो ।
अब सञ्चालन हुने बसले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा पाउने छन् । आज हस्तान्तरण गरिएको रकमसहित कामनपाले साझालाई रु १५ करोड उपलब्ध गराइकेको छ । साझाले ३६५ दिन नै नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित