लन्डन । सफल उद्यमी एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा अस्पताल निर्माणको महत्वाकांक्षी योजना अघि सारेका छन् । लन्डनमा एक कार्यक्रमबीच महतोले नख्खु जेलसंगै ललितपुर सैंबुमा ३० रोपनी जग्गामा नेपाल मेडिसिटी हस्पिटल निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । ३५० बेड सहित यही जुलाइबाट निर्माण शुरु गरिने र एक वर्षभित्र ५ सय बेड अनि पछि ७५० बेडसम्म बिस्तार गरिने महतोले बताए । गैर आवासीय नेपाली संघ बेलायतले सोमबार सांझ आयोजना गरेको एक कार्यक्रममा महतोले उक्त ‘सुपरस्पेशलटी हस्पिटल’ को लागत एक हजार करोड रुपैयां हुने जनाए ।
नेपालीहरुलाई गुणस्तरीय सेवासहित उपचारका लागि विदेश जानु नपर्ने वातावरण सृजना गर्ने आफ्नो संकल्प उनले सुनाए । विदेशबाट बिरामीहरु आकर्षित गरी नेपाललाई मेडिकल टुरिज्म केन्द्रको रुपमा विकास गर्ने उनको उद्देश्य छ ।
‘बंगलादेशमा ३०० प्रतिशत मेडिकल टुरिज्म बढेको छ’, उनले भने, ‘नेपालको मौसम, उच्च गुणस्तर, भरपर्दो सेवा र तुलनात्मकरुपमा सस्तो हुने भएकाले पनि उपचारका लागि विदेशबाट बिरामीहरु आउने मेरो विश्वास छ ।’
काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ गरी १० वटा अस्पताल बनाउने आफ्नो योजना समेत महतोले सार्वजनिक गरे ।
ती अस्पतालहरुमा एनआरएनहरुले पनि लगानी गर्नसक्ने उनको भनाइ छ । ‘तपाईंहरुसंग भएको सीप, अनुभव र दक्षता नेपालको स्वास्थ्य क्षेत्रको विकासमा लगाउनोस्, उनले भने, ‘नेपाललाई मेडिकल हब बनाउं ।’
एक अस्पताल, एक डाक्टरको अवधारणा अघि सार्दै उनले आफ्नो अस्पतालमा कार्यरत चिकित्सकहरुले बाहिर गएर प्राक्टिस गर्न नपाउने र नेपाली एवं गैर आवासीय नेपाली चिकित्सकहरु नपाए विदेशबाट समेत डाक्टरहरु ल्याउनुपर्ने हुनसक्ने उल्लेख गरे ।
महतोले नेपालमा हाइड्रो र सर्भिस सेक्टरका कृषि, मेडिकल, शिक्षा आदिमा लगानीको अवसरबारे जोड दिंदै देश समृद्ध नभएसम्म नेपालीको इज्जत र प्रतिष्ठा नबढ्ने बताए ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए सल्लाहकार विश्व आदर्श पण्डित, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), नेपलिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. बिना सुब्बा लगायतले बोलेका थिए ।
एनआरएनए सचिव कृष्ण तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा डा. कपिल रिजाल, डा. राजेन्द्र थापा, लक्ष्य गुरुङ, शान्ति थापा कुंवर लगायतले समेत आ आफ्नो धारणा राखेका थिए ।
तस्विरहरुः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार