काठमाडौँ, १२ असार । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुरयाउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई आज सम्मान गरिएको छ ।
रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्बिर, राष्ट्रिय झन्डा तथा नेपाली सेनाको झन्डा सगरमाथामा पुरयाएबापत आरोही शेर्पालाई सम्मान गरेको हो । ट्रस्टका तर्फबाट सम्मान गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना गर्नुभयो ।
प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले मुलुकलाई एकताको सूत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै सेनाले कदापि बिखण्डन हुन नदिने दृढता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानसेनापति एवम् ट्रस्टका अध्यक्ष रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानित आरोही शेर्पाले सगरमाथा आरोहणलाई व्यवस्थित गरी आरोहीको जीवन निर्वाह गर्ने आधार तय गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । शेर्पा सेफर्डस प्रालिका तर्फबाट शेर्पाले गत जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर तस्बिर झन्डा फहराउनुभएको थियो । उहाँले यससहित १६ पटक आरोहण गरिसक्नुभएको छ ।
कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिनाअक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रथम गुरुङ महिला सगरमाथा आरोही माया गुरुङ, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङलगायत आरोहीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै साहसिक पर्वतारोहण गरी नेपालको नाम विश्वसामु चिनाउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा र शेर्पा सेफेर्डस प्रालिलाई ट्रस्ट एवम् नेपाली सेनाका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।
‘हिउँचितुवा’ आङ्रिता शेर्पा, २१ पटकसम्म सगरमाथा चढ्ने कीर्तिमानी कामीरिता शेर्पालगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता