लन्डन । एसियन महिला असोसिएसन (आमा) ले यस वर्षको तीज आगामी २० अगष्टमा मनाउने भएको छ । संस्थाकी अध्यक्ष अमिता बेल्वासेको अध्यक्षतामा बसेको बैठकले फार्नबोरोमा १२ औं तीज कार्यक्रम गर्ने भएको हो । हालैमात्र गठित नयां कार्यसमितिले विगत जस्तै कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ ।
संस्थाकी मिडिया कोअर्डिनेटर रोजिना प्रधान राईका अनुसार आमाले ३० जुलाइमा हुन लागेको क्यान्सर रिसर्च यूकेको ‘रेस फर लाइफ’ कार्यक्रममा सहभागी हुने निर्णय समेत गरेको छ ।
आमाले वर्षेनी तीज कार्यक्रम गरि त्यसबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । अम्बिका खड्का अध्यक्ष रहेको कार्यकालमा संस्थाले गत मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग गरेको थियो । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने