लन्डन । बेलायत सरकारले मुलुकभरका ६ सय अग्ला भवनमा लगाइएका आवरण (क्ल्याडिङ) सुरक्षित छन् कि छैनन् परीक्षण गर्ने भएको छ । लन्डनको एक र अन्य सहरको दुई भवनका नमुना शीघ्र ज्वलनशील रहेको पाइएपछि सरकारले बेलायतभरका अग्ला भवन परीक्षण गर्ने भएको हो ।
केही दिनभित्रै अन्य भवनका परीक्षणको नतिजा सार्वजनिक गरिने जनाइएको छ । हालै लन्डनको ग्रेनफेल टावरमा ७९ जनाको मृत्यु हुने गरी लागेको आगो चाँडै फैलनुमा क्ल्याडिङ जिम्मेवार रहेको मानिएपछि अन्य भवनमा पनि परीक्षण गर्न लागिएको बताइएको छ ।
प्रधानमन्त्री टेरेजा मेले फ्ल्याटका लागि जिम्मेवार मानिएका सम्बन्धित स्थानीय अधिकारीहरूलाई भनि सकिएको बताइन् ।
ग्रेनफेल टावर घटनामा आलोचना भएपछि केन्जिङटन- चेल्सी काउन्सिलका प्रमुखले राजीनामा दिएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन् ।
ईयूका जनताको अधिकार सुरक्षित गरिनेछ : मे
यसैबीच, प्रधानमन्त्री मेले युरोपियन युनियन (ईयू) बाट बहिर्गमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका ईयूका जनताको अधिकार सुरक्षाको प्रत्याभूत गरिने बताएकी छन् ।
बेल्जियमको ब्रसेल्समा बिहीबार सञ्चारकर्मी बोल्दै उनले ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायतमा बस्दै आएका ईयूका जनताले पूर्ण रूपमा आफ्ना अधिकार प्रयोग गर्न वातावरण सिर्जना हुने गरी योजना ल्याउन लागेको बताइन् ।
प्रधानमन्त्री मे ईयूका नेताहरूसँगको दुईदिने बैठकमा ब्रेक्जिटबारे छलफल गर्न ब्रसेल्स पुगेकी हुन् । यसैबीच, जर्मन चान्सलर एंगेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा ईयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढ्ने बताएकी छन् । बेलायती प्रधानमन्त्रीले ल्याउने भनेको योजनाबारे आलोचना गर्दै उनले भनिन्, ‘मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्त्वपूर्ण रहनेछ ।’
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]