लन्डन । बेलायत सरकारले मुलुकभरका ६ सय अग्ला भवनमा लगाइएका आवरण (क्ल्याडिङ) सुरक्षित छन् कि छैनन् परीक्षण गर्ने भएको छ । लन्डनको एक र अन्य सहरको दुई भवनका नमुना शीघ्र ज्वलनशील रहेको पाइएपछि सरकारले बेलायतभरका अग्ला भवन परीक्षण गर्ने भएको हो ।
केही दिनभित्रै अन्य भवनका परीक्षणको नतिजा सार्वजनिक गरिने जनाइएको छ । हालै लन्डनको ग्रेनफेल टावरमा ७९ जनाको मृत्यु हुने गरी लागेको आगो चाँडै फैलनुमा क्ल्याडिङ जिम्मेवार रहेको मानिएपछि अन्य भवनमा पनि परीक्षण गर्न लागिएको बताइएको छ ।
प्रधानमन्त्री टेरेजा मेले फ्ल्याटका लागि जिम्मेवार मानिएका सम्बन्धित स्थानीय अधिकारीहरूलाई भनि सकिएको बताइन् ।
ग्रेनफेल टावर घटनामा आलोचना भएपछि केन्जिङटन- चेल्सी काउन्सिलका प्रमुखले राजीनामा दिएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन् ।
ईयूका जनताको अधिकार सुरक्षित गरिनेछ : मे
यसैबीच, प्रधानमन्त्री मेले युरोपियन युनियन (ईयू) बाट बहिर्गमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका ईयूका जनताको अधिकार सुरक्षाको प्रत्याभूत गरिने बताएकी छन् ।
बेल्जियमको ब्रसेल्समा बिहीबार सञ्चारकर्मी बोल्दै उनले ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायतमा बस्दै आएका ईयूका जनताले पूर्ण रूपमा आफ्ना अधिकार प्रयोग गर्न वातावरण सिर्जना हुने गरी योजना ल्याउन लागेको बताइन् ।
प्रधानमन्त्री मे ईयूका नेताहरूसँगको दुईदिने बैठकमा ब्रेक्जिटबारे छलफल गर्न ब्रसेल्स पुगेकी हुन् । यसैबीच, जर्मन चान्सलर एंगेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा ईयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढ्ने बताएकी छन् । बेलायती प्रधानमन्त्रीले ल्याउने भनेको योजनाबारे आलोचना गर्दै उनले भनिन्, ‘मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्त्वपूर्ण रहनेछ ।’
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार