
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकै बिहीबार राति खसेको पहिरो पन्छाइँदै । पहिरोमा ईलाका प्रहरी कार्यालय मुग्लिनको भ्यान र एक ट्रक भीरबाट झर्दा भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित दुईजना प्रहरीको मृत्यु हुनुको साथै दुई जना प्रहरी जवान बेपत्ता भएका छन् । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
रत्ननगर (चितवन), ११ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।
राति पानी पर्ने क्रम र पहिरो खस्ने क्रम चलेकाले पहिरो हटाउन नसकिएको हो । पहिरोका कारण चितवनबाट काठमाडाँै र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन छ ।
गएको शुक्रबार मात्रै यहाँको कालीखोला नजिकै पहिरो खसेर १७ घन्टा पछि बाटो खुलेको थियो । सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् ।
बेपत्ता प्रहरी खोज्न पाँच टोली परिचालन, कुकुरको पनि प्रयोग
रत्ननगर (चितवन), १० असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका दुई प्रहरी र प्रहरीको भ्यान खोज्न जिल्लाका सबै सुरक्षा निकायका पाँचवटा टोली परिचालन भएका छन् ।
दुईवटा कुकुरसहित पाँचवटा टोलीमा १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँले बाहिर पहिरोमा पुरिएको अवस्थाको खोजीका लागि कुकुरसहितको टोली परिचालन गरिएको र अन्य विभिन्न क्षेत्रमा खोजीका लागि अलग अलग समूह परिचालन भएको थापाले जानकारी दिनुभयो । डुङ्गाको प्रयोग पनि गरिएको तर नदीमा पानी बढ्दो क्रममा रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय, रसौलीमा रहेको सेनाको विपद् व्यवस्थापन गण, द फेमस दल गण, भरतपुरको नारायणी मनिटरिङ प्याट्रोलिङ समूह, कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन समूह तथा कुकुरसहितको टोली परिचालन गरिएको छ । अहिलेसम्म प्रहरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मुग्लिनबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको नेतृत्वमा पहिरो पन्छाएर फर्कंदै गरेको ना १ झ १३९० नंको प्रहरीसहितको भ्यान शुक्रबार बिहान १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट खसेको पहिरोले बगाएको थियो ।
खोजतलासका क्रममा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा फेला पारिएको भए पनि प्रहरी भ्यानसहित प्रहरी जवान लीलबहादुर चेपाङ र सन्दीप कार्की बेपत्ता छन् ।
सँगै बगेको ना ५ ख ७८२७ नंको ट्रक भिरमा अड्किएको अवस्थामा छ । उक्त ट्रकका चालक रामकुमार लामाले भने प्रहरीको गाडी नदीमै पुगेको दाबी गर्नुभयो ।
प्रहरीले गाडी नदीमै खसेको प्रारम्भिक अनुमान गरेपनि अझै यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । यो पाँच टोलीको अनुसन्धानले केही पत्ता नलागे गोताखोर टोली मगाउने चितवन प्रहरीले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित