काठमाडौँ, १० असार । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।
अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिनुभयो ।
सोही अस्पतालद्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष गरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद (क्यान्सर) रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।
अर्बुद (क्यान्सर) रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो ।
उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा पियाले जानकारी दिनुभयो ।
शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।
अस्पतालमा बिरामी ढिलो आउने हुँदा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ । प्रत्येक वर्ष अस्पतालले समुदायमा अर्बुद रोगका बारेमा जनचेतना फैलाउन कम्तीमा पनि तीनपटक बृहत् रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक प्रभुराज वैद्यले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका तथा अन्य ग्रामीण भेगमा पनि अस्पतालले अर्बुद रोगकाबारेमा चेतना फैलाउने कार्य गर्दै आएको छ ।
यसैबीच, सो अस्पतालले मेनोपज सोसाइटी अफ नेपाल नामक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरी आगामी असोजदेखि स्त्री रोग तथा महिनावारी रोकिएका महिलालाई आउने समस्याका बारेमा परामर्श तथा उपचार सुरु गर्ने समझदारी गरेको छ ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]