गाईघाट (उदयपुर), १० असार । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक-फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला रु ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।
श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक दवीप्रसाद फागुले बताउनुभयो ।
केहि दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको कृतिम परिचयपत्र, विभिन्न देशको कृतिम आवासीय परिचयपत्र र तारा एयरलाइन्सको कर्मचारीको कृतिम परिचयपत्र समेत पाइएको प्रहरीले जनाएको छ ।
हाल तामाङलाई अनुसन्धानपछि ठगी सम्बन्धित कानुनी कारबाही सुरु गरिसकिएको प्रहरीले बताएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश