काठमाडौँ, ९ असार । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियो ।
जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकामा हालसम्म १३ हजार ५५० जनालाई त्यस्तो सहायता प्रदान गरिएको छ ।
त्यसरी पीडित भई उजुरी दिनेलाई रु ३७ करोड ८४ करोड क्षतिपूर्ति पाउने निर्णय भएको ‘वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता परियोजना’ का प्रमुख अधिवक्ता कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
उजुरीको प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा ४५, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी २५, भनेअनुसारको तलब र काम नपाएको २५ र अन्य प्रकारका पाँच प्रतिशत उजुरी पर्ने गरेको छ ।
लैङ्गिकताका आधारमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला तथा ठगी हुने माध्यमका आधारमा ६५ प्रतिशत संस्थागत र ३५ प्रतिशत व्यक्तिगत उजुरी परेका थिए ।
जनमञ्चका सल्लाहकार सोम लुइँटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । मिलापत्र गर्दा दोषीलाई कानुनी कारबाही गर्ने बाटो बन्द हुने उहाँको भनाइ छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता