निर्वाचन भयरहित बनाउन अनुगमन– प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ९ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन विभिन्न तहमा अनुगमनको व्यवस्था मिलाएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले मनोनयनपत्र दर्तापछि निर्वाचनको वातावरण निकै सकारात्मक र उत्साहप्रद देखिएको उल्लेख गर्नुभयो ।

उहाँले टाढा मतदान केन्द्र भएका कतिपय जिल्लामा दोस्रोचरणको यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सामग्री लिएर कर्मचारीको टोली खटिइसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “उम्मेदवार सबैलाई निर्वाचन चिह्न दिइसकिएको छ, यही असार ११ गतेदेखि मतदाता परिचयपत्र वितरण गरिनेछ, परिचय वितरणको क्रममा मतदातालाई सही रुपमा कसरी मतसंकेत गर्ने भन्नेबारेमा निर्वाचन शिक्षा दिइने व्यवस्था मिलाइएकोछ ।”

आचारसंहिताको परिधिभित्र रहेर मात्र निर्वाचन प्रचारप्रसार गर्न उम्मेदवार र राजनीतिक दललाई सुझाव दिँदैै प्रमुख निर्वाचन आयुक्त डा यादवले सरकारले भरपर्दाे शान्ति सुरक्षाको व्यवस्था गरेको हँुदा आम मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “सबै राजनीतिक दल र मतदाताको व्यापक सहभागिता रहने हुँदा दोस्रोचरणको स्थानीय तहको निर्वाचनले नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ, निर्वाचन एउटा प्रक्रियामा अघि बढिसकेकाले सचिवको सरुवा हँुदैमा निर्वाचनमा कुनै असर पर्दैन ।”

दोस्रोचरणको यही असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । दोस्रोचरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा हुदँैछ । उक्त निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ ।

दोस्रोचरणको निर्वाचनका लागि चारहजार ५८१ मतदानस्थल, आठहजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाएको छ भने छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री