लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो सेप्टेम्बर महिनामा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो सेप्टेम्बर १ देखि ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।
शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्नसक्ने आयोजक ओशो क्याम्प युकेले जनाएको छ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरि सक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
‘आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं’, ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।
स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविर सन्चालन गर्दै आउनुभएको छ।
‘राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु’, स्वामी अरुणले भन्नुभयो।
www.facebook.com/osho.campuk मा गएर शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने