लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो सेप्टेम्बर महिनामा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो सेप्टेम्बर १ देखि ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।
शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्नसक्ने आयोजक ओशो क्याम्प युकेले जनाएको छ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरि सक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
‘आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं’, ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।
स्वामी अरुणले गत एघार वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविर सन्चालन गर्दै आउनुभएको छ।
‘राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु’, स्वामी अरुणले भन्नुभयो।
www.facebook.com/osho.campuk मा गएर शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने