लन्डन । बेलायतको नेपाली समुदायमा नौला होइनन् शर्मिला बर्देवा र सपनकुमार राई । विशेषगरि गीत संगीत क्षेत्रमा उनीहरुको परिचय पुरानो छ । बेलायतका स्थानीय कार्यक्रमहरुमा सक्रिय शर्मिला र सपनले गाएको गीत ‘मेरो मनमा बस मेरो मटुमा बस, तिम्रो न्यानो अंगालोमा चोखो मायाले कस’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दुई दिनअघि हाइलाइट्स नेपालले भिडियो सार्वजनिक गरेको हो । रोमान्टिक गीतमा आकर्षक बनेको छ भिडियो ।
शर्मिला-सपनले १७ वर्षपछि एकै ठाउंमा आएर गत वर्ष रेकर्ड गराएका थिए । अहिलेका चल्तीका संगीतकार शिखर सन्तोष बेलायत आएका बेला गीत रेकर्ड भएको थियो । सन् १९९८ मा ड्वेट गाएको यो जोडीले यसपटक किरण कंडेलले लेखेको गीत गाएको हो । करिब डेढ दशकअघि बेलायत आएकी शर्मिला यहां पनि उत्तिकै सक्रिय छिन् । दुई दशकभन्दा बढि समयदेखि बेलायत रहेका सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर राईले बेलायतमा हुने धेरै कार्यक्रममा साउण्ड र डिजेका साथ गायनको जिम्मेवारी वहन गर्दै आएका छन् ।
बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालले निर्देशन गरेका हुन् । व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता रिजालले भिडियोमा नयां पन दिने प्रयास गरिएको बताए ।
भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका छन् भने अभिनय अन्जु बस्नेत र टंक धमला (लियो ट्यांक) को छ ।
भिडियोको कोरियोग्राफी यूके डान्स अफ २०१६ की फस्ट रनरअप काजल भट्टचन गुरुङको छ भने मेकअप प्रेक्षा बस्नेत गुरुङले गरेकी थिइन् ।
म्यूजिक भिडियो यस्तो छः
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित