
काठमाडौँमा आयोजित चन्द्रागिरी हिल्सको प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौलालगायत हास्य कलाकारहरु । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि यहाँ रेस्टुराँ समेत बनेका छन् ।
काठमाडौँको थानकोटबाट चन्द्रागिरि हिल्स पुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनुका साथै शान्त वातावरण छ । सत्यदेवीको भाल (निधार) खसेको हुनाले सो स्थानमा भालेश्वर महादेव मन्दिरको स्थापना गरिएको धार्मिक मान्यता रहेको छ ।
नेपाल एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका एकीकरण अभियान भालेश्वर महादेवको दर्शन गरेर सुरु गरेको ऐतिहासिक तथ्य रहेको छ । हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत मदनकृष्ण श्रेष्ठले भन्नुभयो – “चन्द्रागिरिबाट यति धेरै हिमाल देखिन्छ, जति हेरयो त्यति हेरुँहेरुँ लाग्छ, यहाँबाट चारैतिर मनमोहक दृश्य देखिन्छ ।”
कलाकार श्रेष्ठ चन्द्रागिरि काठमाडौँ उपत्यकाको मात्र नभएर बाहिरबाट आउने पर्यटकका लागि पनि निकै राम्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताउनुहुन्छ ।
हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका अर्का सद्भावना दूत हरिवंश आचार्यलाई काठमाडौँको टोपी जस्तो लाग्छ चन्द्रागिरि । “चन्द्रागिरिबाटै शान्त वातावरणमा यति धेरै सुन्दर दृश्य देख्न पाइन्छ, मनै आनन्दित हुन्छ” – उहाँले भन्नुभयो ।
त्यस्तै, हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत रहेका दीपकराज गिरी र दीपाश्री निरौलालाई पनि चन्द्रागिरि हिल्सलाई पर्यटकको नमुना गन्तव्य रुपमा विकास गर्न सकिने बताउनुहुन्छ ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले त्यति सहज तरिकाले यो परियोजना सञ्चालन नभएको र अनुमति लिनका लागि मात्र पाँच वर्ष समय खर्चेको बताउनुभयो । दुई वर्षसम्म चलेको निर्माण कार्यपछि मात्र अहिलेको अवस्थामा आएको उहाँको भनाइ छ । अध्यक्ष ढकालका अनुसार ११ महिनामा साढे पाँच लाख पर्यटकले चन्द्रागिरिको भ्रमण गरिसेकाका छन् । हिल्सले रु छ करोड राजस्व सरकारलाई बुझाएको छ ।
चन्द्रागिरि हिल्सको प्रवद्र्धनात्मक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो भिडियोमा हाँस्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौलालगायतको भूमिका रहेकोे छ । प्रवद्र्धनात्मक टेलिभिजन विज्ञापनको निर्देशन तथा परिकल्पना दिनेश डिसीले गर्नुभएको हो भने बाल कलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, सैवी ढकाल र सफल झाले त्यसमा अभिनय गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते