लन्डन । बेलायतमा अर्बपतिहरुको संख्या बढेको छ । सन् २०१७ मा घोषित अर्बपतिहरुको सूचीमा एकसय ३४ जना पुगेका हुन् । सन्डे टाइम्सको धनी सूचीमा बेलायतमा सबैभन्दा धनी श्री र गोपी हिन्दूजा दाजुभाईको १६ अर्ब बीस करोड पाउन्ड सम्पत्ति रहेको उल्लेख छ । यी दाजुभाइले घर जग्गा तथा मोटर गाडीबाट सम्पत्ति आर्जेका हुन् ।
बेलायतका ५ सय धनी व्यक्तिहरुको जम्मा सम्पत्ति ५८० अर्ब ४० करोड पाउन्ड रहेको तथ्यांकले देखाएको छ । त्यस्तै बेलायतका धनी एक हजार व्यक्तिको सम्पत्ति गत वर्ष भन्दा १४ प्रतिशतले बढेको सूचीमा उल्लेख छ ।
सन् २००८ मा बेलायतमा २७ अर्ब ७० करोड पाउन्ड सम्पत्ति भएर सबैभन्दा धनी व्यक्ति बनेका लक्ष्मी मित्तलले स्टिल व्यवसाय धरासायी भएपछि करिब एक तिहाइ सम्पत्ति गुमाइ उनीसंग सन् २०१७ मा ७ अर्ब १२ करोड पाउण्ड बराबरको सम्पत्ति रहेको पाइएको छ ।
आफ्ना बाबुको गत वर्ष असामयिक निधन भएपछि बेलायतको सबैभन्दा कान्छो अर्बपतिमा २५ वर्षकै उमेरमा हयू ग्रोज्भनर दर्ज भएका थिए । उनी ९ अर्ब ३५ करोड पाउन्ड बराबरको सम्पत्तिको हकदार छन् । बेलायती राजपरिवारका नाता पर्ने ग्रोज्भनरका पिता डुक अफ वेष्ट मिनिस्टरको लन्डनको अति महंगो ठाउं मेफेयरमा करिब १०० हेक्टर र बेल्ग्रेभियामा २०० हेक्टर जग्गा छ । यो ठाउं कति महंगो छ भने सन् २००२ मा मेफेयरमा एउटा गाडी पार्किङको जग्गामात्र ६५ हजार पाउन्डमा बिक्री भएको थियो । अहिले यो ठाउंको मुल्य झन् आकासिएको छ ।
न्यूकासल युनिभर्सिटीबाट स्नातक गरि अकाउन्टेन्ट काम गर्ने ग्रोज्भनरले सन् २०१२ मा आफ्नो २१ औं जन्मदिन मनाउंदा करिब ५० लाख पाउन्ड (करिब ६५ करोड रुपैयां) खर्च गरेपछि चर्चा बटुलेका थिए ।
बेलायतमा धनी र गरिबबीचको खाडल दशक यता बढेको चर्चा गर्दै लन्डनस्थित अर्थ ब्यवस्थापन विज्ञ विकलचन्द्र आचार्यले बेलायतका एक प्रतिशत मानिसको कुल सम्पत्ति करिब ११ ट्रिलियन पाउन्ड बराबर भएको बताए ।
बिज्ञ समूह रेजोलुसन फाउन्डेसनले हालै दिएको तथ्यांकमा बेलायतका चार लाख ८० हजार मानिसमा देशको कुल सम्पत्तिको १४ प्रतिशत स्वामित्व भएको उल्लेख छ । अर्कोतर्फ भने बेलायतका १५ प्रतिशत जनता अर्थात ७३ लाख मानिससंग कुनैपनि सम्पत्ति नभइ ति ऋणमा डुबेका तथ्यांक रहेको आचार्य बताउंछन् ।
औसत बेलायती कामदारले एक वर्षमा कमाउने तलब ठूला कम्पनीका हाकिमहरुले करिब आधा दिनमा नै कमाउंछन् भन्ने हालै प्रकाशित तथ्यांकले बेलायतमा तलब विभेदको प्रसंग चर्केको छ ।
लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको कार्यकारी निर्देशकको वार्षिक औसत आम्दानी करिब ४० लाख पाउन्ड छ भने बेलायतमा काम गर्नेको औसत तलब २८ हजार २०० पाउन्ड रहेको जानकारी आचार्यले दिए । औसत तलबले एक परिवारको न्यूनतम आवश्यकता परिपूर्ति गर्न बेलायतमा हम्मे हम्मे नै पर्दछ । अर्को अर्थमा यी कम्पनीका धेरै कमाउने हाकिमहरुको तलब प्रतिघन्टा एक हजार पाउन्ड हुन्छ भने न्यूनतम तलब बेलायतमा प्रतिघन्टा ७ पाउण्ड ५० पेन्स छ । यसले बेलायती समाजमा धनी र गरिबबीचको खाडल झन् बढ्दै गएको देखिन्छ । इकान्तिपुर
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]