लन्डन । टिडवर्थ नेपलिज कम्युनिटीले आफ्नो समुदायमा रहेका वृद्धवृद्धालाई लन्डन घुमाउने कार्यक्रम तय गरेको छ । फूर्सदमा रहेका वृद्धवृद्धालाई समर ट्रिप अन्तर्गत आगामी २२ जुलाइका दिन वकिङहम प्यालेससहित लन्डनका रमणीय स्थानमा घुमाउने व्यवस्था गरिएको हो । घुमघामपछि उनीहरुलाई साउथहलमा सपिङ पनि गराइदिने कम्युनिटीले जनाएको छ ।
कम्युनिटी अध्यक्ष एलबीजेड गुरुङको अध्यक्षतमा हालै बसेको बैठकले आगामी १५ जुलाईमा बीबीक्यू समेत गर्ने भएको छ । बैठकले अघिल्लो महिना गोरखा कपमा राम्रो खेल प्रदर्शन गरेका टिडवर्थ बुलफोर्ड एफसीका खेलाडीहरुलाई वधाइ दिंदै खेलाडीसहित टिडवर्थ आसपास बस्ने नेपालीहरुको भेटघाटका लागि बीबीक्यू कार्यक्रम गरिएको अध्यक्ष गुरुङले जनाए । विशेष गरि ब्रिटिस आर्मीमा भर्खरै मात्र पोस्टिङ भएर आएका गोर्खा र तिनका परिवारसंग परिचय गराउने उद्देश्य समेत कार्यक्रमको छ ।
उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष लाल माया थापा र महासचिव मौसमी शाही पुनले हल, साउन्ड सिस्टम आदि व्यवस्था गर्नेछन् भने कोषाध्यक्ष लील पुन र सह कोषाध्यक्ष दीपा गरुङले क्याटरिङको ब्यवस्था गरेका छन् । बैठकले कम्युनिटी सदस्य नभएकाहरुलाई सदस्य बनिदिन आग्रह गरेको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन