लन्डन । टिडवर्थ नेपलिज कम्युनिटीले आफ्नो समुदायमा रहेका वृद्धवृद्धालाई लन्डन घुमाउने कार्यक्रम तय गरेको छ । फूर्सदमा रहेका वृद्धवृद्धालाई समर ट्रिप अन्तर्गत आगामी २२ जुलाइका दिन वकिङहम प्यालेससहित लन्डनका रमणीय स्थानमा घुमाउने व्यवस्था गरिएको हो । घुमघामपछि उनीहरुलाई साउथहलमा सपिङ पनि गराइदिने कम्युनिटीले जनाएको छ ।
कम्युनिटी अध्यक्ष एलबीजेड गुरुङको अध्यक्षतमा हालै बसेको बैठकले आगामी १५ जुलाईमा बीबीक्यू समेत गर्ने भएको छ । बैठकले अघिल्लो महिना गोरखा कपमा राम्रो खेल प्रदर्शन गरेका टिडवर्थ बुलफोर्ड एफसीका खेलाडीहरुलाई वधाइ दिंदै खेलाडीसहित टिडवर्थ आसपास बस्ने नेपालीहरुको भेटघाटका लागि बीबीक्यू कार्यक्रम गरिएको अध्यक्ष गुरुङले जनाए । विशेष गरि ब्रिटिस आर्मीमा भर्खरै मात्र पोस्टिङ भएर आएका गोर्खा र तिनका परिवारसंग परिचय गराउने उद्देश्य समेत कार्यक्रमको छ ।
उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष लाल माया थापा र महासचिव मौसमी शाही पुनले हल, साउन्ड सिस्टम आदि व्यवस्था गर्नेछन् भने कोषाध्यक्ष लील पुन र सह कोषाध्यक्ष दीपा गरुङले क्याटरिङको ब्यवस्था गरेका छन् । बैठकले कम्युनिटी सदस्य नभएकाहरुलाई सदस्य बनिदिन आग्रह गरेको छ ।
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग