बुधबार, असोज ७ २०७७ | Wed, September 23, 2020
नेपालको समय: १४:३७ | UK Time: 09:52

‘योद्धाका परिवारका लागि जनही पाँच लाख निकासा’

वीनेपाली
२०७४ असार ८ गते २३:४४

नेकपा माओवादी केन्द्र बाँकेले नेपालगन्जमा बिहीबार आयोजना गरेको घोषणापत्र सार्वजनिक सभामा अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु । तस्बिर ः अमृता केसी, कोहलपुर (बाँके), रासस

कोहलपुर (बाँके), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्धका समयका सहिद, बेपत्ता तथा घाइते भएका योद्धाका परिवारका लागि जनही रु पाँच लाख रकम निकासा गरेको र त्यो चुनावलगत्तै वितरण गरिने बताउनुभएको छ ।

माओवादी केन्द्रले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको सेवकका रुपमा स्थानीय प्रतिनिधिले काम गर्ने बेला आएको बताउँदै कोहलपुरको विकासका लागि माओवादी गम्भीर छ भन्नुभयो ।

अध्यक्ष दाहालले नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिकासहित बाँकेका आठ स्थानीय तहमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक