अस्पतालबाट फर्किए युवराज फिलिप

लन्डन, ८ असार । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पतालबाट फर्किनु भएको बकिङ्घम राजप्रासादले बिहीबार जानकारी दिएको छ ।

शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उहाँलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पतालमा भर्ना गरिएको बकिङ्घम राजप्रासादले बुधबार जानकारी दिएको थियो ।

पहिलेको तुलनामा उहाँको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि उहाँलाई अस्पताल गरिएको थियो । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसक्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री