लन्डन । विश्वभरका नेपाली प्राज्ञ सम्मिलित एउटा संस्था ग्लोवल पोलिसी फोरम फर नेपालले यही २५ जुन आइतबार लिभरपुलमा दोश्रो सम्मेलनको तयारी गरेको छ ।
लिभरपुल जोन मुर्स युनिभर्सिटी प्रेक्षालयमा हुन लागेको उक्त सम्मेलन ‘नेपालको संविधान कार्यान्वयनका चुनौतिहरु, केही अन्तर्राष्ट्रिय दृष्टिकोण’ विषयमा केन्द्रित हुने फोरमले जनाएको छ ।
तीन चरणमा विभाजित उक्त सम्मेलनमा कार्यक्रम र यसको उद्देश्यबारे डा. योग उपाध्याय र प्राध्यापक पदम सिम्खडाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । फोरमका अध्यक्ष डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) ले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नेपालको संविधानबारे विशेष मन्तव्य दिने फोरमले जनाएको छ । प्राध्यापक उपेन्द्र आचार्यले समिक्षा प्रस्तुत गरेपछि डा. त्रिलोचन उप्रेतीले ‘नेपालमा नियम कानुन कार्यान्वयन मुद्दा, सिद्धान्त र अभ्यास’ बारे मन्तव्य दिने कार्यक्रम छ ।
राउण्ड टेबल छलफलपछि दिवाभोज ब्रेक हुनेछ । फजिताज वीरलका सञ्चालक नरेश विष्टले दिवाभोज प्रायोजन गर्नेछन् ।
सम्मेलनको दोश्रो चरणमा डा. तेजेन्द्र फेरालीले ‘नेपालमा शिक्षा र द्वन्द्व, पुर्नर्निमाणका सम्भावना’ विषय एवं डा. विनोद अमात्यले ‘मेट्रो रेल नेटवर्कमार्फत काठमाण्डौं उपत्यकाको पुनर्जिवन’ बारे मन्तव्य दिने कार्यक्रम छ । डा. भरत सिम्खडा र डा. राजेन्द्र केसीले ‘शिक्षाका दृष्टिकोणबाट नेपालमा संविधान कार्यान्वयनका अवसर तथा चुनौतिहरु’ विषयक संयुक्त प्रस्तुति दिने फोरमले जनाएको छ ।
पुनः राउण्ड टेबल छलफलपछि समापन सत्रमा पत्रकार घनश्याम खड्काद्वारा लिखित ‘निर्वाण’ पुस्तक लाकार्पण गरिने भएको छ । डा. हेमराज शर्माले धन्यवाद मन्तव्य दिनेछन् । पत्रकारहरु भगिरथ योगी र नवीन पोखरेल रयापोर्टर्सको भूमिकामा छन् भने गणेश खड्काले कार्यक्रम अवधिभर ‘फेसबुक लाइभ’ गर्ने तयारी गरेका छन् । फोरमले यस सम्मेलनलाई संसारभरका मानिसले हेर्न सकुन् भन्ने उद्देश्यले फेसबुक लाइभ व्यवस्था गरिएको जनाएको छ ।
कार्यक्रम समापनपछि प्राध्यापक सूर्य सुवेदीले रात्रीभोज दिनेछन् । प्राध्यापक पदम सिम्खडा र उनकी जीवनसंगिनी महिला अभियन्ता डा. विभा सिम्खडाले सम्मेलनका सहभागीलाई शनिबार राती एउटा रिसेप्सन दिनेछन् ।
संसारभर छरिएर रहेका प्राज्ञ एवं वुद्धिजिवीहरु आवद्ध ग्लोवल पोलिसी फोरमले अन्तर्राष्ट्रिय अभ्यास र अनुभव एवं आ आफ्नो सीप र ज्ञान नेपालको नीति निर्माणमा लगाउन प्रयत्न गरिरहेको छ ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए