लन्डन । विश्वभरका नेपाली प्राज्ञ सम्मिलित एउटा संस्था ग्लोवल पोलिसी फोरम फर नेपालले यही २५ जुन आइतबार लिभरपुलमा दोश्रो सम्मेलनको तयारी गरेको छ ।
लिभरपुल जोन मुर्स युनिभर्सिटी प्रेक्षालयमा हुन लागेको उक्त सम्मेलन ‘नेपालको संविधान कार्यान्वयनका चुनौतिहरु, केही अन्तर्राष्ट्रिय दृष्टिकोण’ विषयमा केन्द्रित हुने फोरमले जनाएको छ ।
तीन चरणमा विभाजित उक्त सम्मेलनमा कार्यक्रम र यसको उद्देश्यबारे डा. योग उपाध्याय र प्राध्यापक पदम सिम्खडाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । फोरमका अध्यक्ष डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) ले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नेपालको संविधानबारे विशेष मन्तव्य दिने फोरमले जनाएको छ । प्राध्यापक उपेन्द्र आचार्यले समिक्षा प्रस्तुत गरेपछि डा. त्रिलोचन उप्रेतीले ‘नेपालमा नियम कानुन कार्यान्वयन मुद्दा, सिद्धान्त र अभ्यास’ बारे मन्तव्य दिने कार्यक्रम छ ।
राउण्ड टेबल छलफलपछि दिवाभोज ब्रेक हुनेछ । फजिताज वीरलका सञ्चालक नरेश विष्टले दिवाभोज प्रायोजन गर्नेछन् ।
सम्मेलनको दोश्रो चरणमा डा. तेजेन्द्र फेरालीले ‘नेपालमा शिक्षा र द्वन्द्व, पुर्नर्निमाणका सम्भावना’ विषय एवं डा. विनोद अमात्यले ‘मेट्रो रेल नेटवर्कमार्फत काठमाण्डौं उपत्यकाको पुनर्जिवन’ बारे मन्तव्य दिने कार्यक्रम छ । डा. भरत सिम्खडा र डा. राजेन्द्र केसीले ‘शिक्षाका दृष्टिकोणबाट नेपालमा संविधान कार्यान्वयनका अवसर तथा चुनौतिहरु’ विषयक संयुक्त प्रस्तुति दिने फोरमले जनाएको छ ।
पुनः राउण्ड टेबल छलफलपछि समापन सत्रमा पत्रकार घनश्याम खड्काद्वारा लिखित ‘निर्वाण’ पुस्तक लाकार्पण गरिने भएको छ । डा. हेमराज शर्माले धन्यवाद मन्तव्य दिनेछन् । पत्रकारहरु भगिरथ योगी र नवीन पोखरेल रयापोर्टर्सको भूमिकामा छन् भने गणेश खड्काले कार्यक्रम अवधिभर ‘फेसबुक लाइभ’ गर्ने तयारी गरेका छन् । फोरमले यस सम्मेलनलाई संसारभरका मानिसले हेर्न सकुन् भन्ने उद्देश्यले फेसबुक लाइभ व्यवस्था गरिएको जनाएको छ ।
कार्यक्रम समापनपछि प्राध्यापक सूर्य सुवेदीले रात्रीभोज दिनेछन् । प्राध्यापक पदम सिम्खडा र उनकी जीवनसंगिनी महिला अभियन्ता डा. विभा सिम्खडाले सम्मेलनका सहभागीलाई शनिबार राती एउटा रिसेप्सन दिनेछन् ।
संसारभर छरिएर रहेका प्राज्ञ एवं वुद्धिजिवीहरु आवद्ध ग्लोवल पोलिसी फोरमले अन्तर्राष्ट्रिय अभ्यास र अनुभव एवं आ आफ्नो सीप र ज्ञान नेपालको नीति निर्माणमा लगाउन प्रयत्न गरिरहेको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ