काठमाडौँ, ७ असार । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घटनाका आरोपित नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षकसहित चार प्रहरी अधिकारी जेल चलान भएका छन् ।
पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई आज जेल चलान गरिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । चारै जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
सजाय छुटका लागि उहाँहरुले आज सर्वोच्च अदालत पुगी आत्मसमर्पण गर्नुभएको थियो । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पुरयाएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक-एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।
सामान खरिद गर्दा योजनातर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पुरयाई भ्रष्टाचार गरेको अदालतले ठहर गरेको थियो ।
सुडान घोटला प्रकरणमा पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह थाङ्ग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने सोही दिन सर्वोच्चले फैसला सुनाएको थियो । घटनाका अन्य दोषी हालसम्म फरारको सूचीमा छन् ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट