
प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री जनार्दन शर्मा,सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रिय सुरक्षा परिषद्कोे बैठकमा बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ७ असार । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भयो ।
बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा आज परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिनुभयो ।
निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न लागेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री कार्की, गृहमन्त्री जनार्दन शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]