काठमाडौँ, ७ असार । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घले बेलायतका गोर्खा सैनिकका बारेमा नेपाल र बेलायतबीच द्विपक्षीय समझदारी गर्नुपर्ने माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पदमसुन्दर लिम्बूले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि त्रुटिपूर्ण रहेको र त्यसबाट मुलुकको सार्वभौमिकतामा हस्तक्षेप भएको बताउँदै त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले तत्कालीन समयमा बेलायतको उपनिवेशका रुपमा स्थापित भारतको अहिले हुने गोर्खा भर्तीमा भूमिका नरहेकाले नयाँ द्विपक्षीय समझदारीको खाँचो औँल्याउनुभयो ।
सङ्घका विदेश विभाग प्रमुख उत्तमप्रसाद भट्टराईले नेपालले शान्ति र सहअस्तित्वका लागि सबै राष्ट्रसँग पञ्चशीलका आधारमा सम्बन्ध राख्ने हुँदा यहाँबाट लगिएका गोर्खा सैनिकलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध युद्धमा खटाउन नहुने बताउनुभयो ।
देशभक्त गण्तान्त्रिक मञ्चका सचिव परी थापाले सन् १९५३ मा नेपाल र बेलायत सरकारबीच सैनिक भागबन्डासम्बन्धी सम्झौता भए पनि १९६८ पछि नवीकरणसमेत नभएकाले त्यसको औचित्य नरहेको प्रस्ट गर्नुभयो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा