
लन्डन । प्रवासी नेपाली मञ्च बेलायतको चौंथो अधिवेशन आगामी २ जुलाई आइतबार हयारो फुटबल क्लब सभाहलमा हुने भएको छ । उक्त अधिवेशनमा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्व मन्त्री एवं प्रवास विभाग सह इन्चार्ज युवराज कार्की क्रमशः प्रमुख अतिथी र अतिथीका रुपमा सहभागी हुने मञ्चका अध्यक्ष रामशरण सिम्खडाले जानकारी दिएका छन् । अधिवेशनमा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी विशेष अतिथि र बेलायतका नवनिर्वाचित सांसद ब्यारी गार्डनर, विभिन्न नेपाली राजनीतिक पार्टी प्रमुख, गैर आवासीय नेपाली संघका युरोप संयोजक, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रमुखहरु अतिथी हुने बताइएको छ ।
उक्त अधिवेशन उद्घाटन सत्रमा प्रतिनिधि, पर्यवेक्षक, अतिथि र पत्रकारहरु गरी करिब दुई सयको सहभागिता रहने प्रचार विभाग प्रमुख कुमार केसीले बताए । केसीका अनुसार अधिवेशनमा स्कटल्याण्ड, वेल्स् तथा बेलायतका विभिन्न शहरबाट अतिथी, प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थिति रहनेछ । अधिवेशन तयारीका क्रममा हालसम्म रेडिङ र नर्थ वेष्ट लन्डन इलाका अधिवेशन सम्पन्न भइसकेको र साउथ वेष्ट इलाका अधिवेशन आगामी शनिबार हुन गइरहेको मञ्चले जनाएको छ ।
रेडिङ, साउथ इष्ट लन्डन, नर्थ वेष्ट लन्डन र साउथ वेष्ट लन्डन गरी मञ्चका हाल चार वटा इलाका कमिटी सक्रिय छन् भने देशका अन्य विभिन्न क्षेत्रमा यसका सदस्यहरु छन् । प्रवासी नेपाली मञ्च बेलायतका संगठन विभाग प्रमुख कमल खनाल तथा आर्थिक विभाग प्रमुख कृष्ण भण्डारीका अनुसार अधिवेशनका लागी हालसम्म मञ्चको सदस्यता नवीकरण, सदस्यता स्थानान्तरण, नयां सदस्यता वितरण र जिल्ला कमिटीबाट त्यसको अनुमोदन भइसकेको छ ।
यसअघि मञ्चको नेतृत्व आङकल्जङ लामा र दिनेश घिमिरेले गरिसकेका छन् भने रामशरण सिम्खडा वर्तमान अध्यक्ष छन् । अधिवेशन नजिकिंदै गर्दा नयां नेतृत्वका लागि आन्तरिक छलफल तथा भेटघाट तीव्र भइरहेको छ ।
अधिवेशन ब्यवस्थित गर्न विभिन्न कार्य विभाजन तथा उपसमितिहरु बनाइएको छ । कुमार केसीको संयोजकत्वमा प्रचार प्रसार समिति, सरस्वती केसीको संयोजकत्वमा खाद्य ब्यवस्थापन, कमल खनालको संयोजकत्वमा प्रतिनिधि प्रमाणीकरण, कृष्ण भण्डारीको संयोजकत्वमा आर्थिक संकलन, धन क्षेत्रीको संयोजकत्वमा स्वयंसेवक ब्यवस्थापन तथा मिलन घिमिरेको संयोजकत्वमा हल मञ्च ब्यवस्थापन समिति गठन गरि समितिहरुले सक्रिय रुपमा काम गरिरहेको सचिव धन क्षेत्रीले जानकारी दिए । मञ्चका महासचिव तुंग भुसालका अनुसार नयां नेतृत्व चयनका लागि डा. विष्णु घिमिरेको संयोजकत्वमा प्रा डा. पदम सिम्खडा र शेखर शर्मा वाग्ले सदस्य रहेको ३ सदस्यीय निर्वाचन कमिटी समेत बनाइ निर्वाचनको आवश्यक तयारी भइरहेको छ ।
बेलायतको नेपाली डायस्पोरामा आफ्नो बेग्लै पहिचान बनाउन सफल मञ्चको आगामी अधिवेशनलाई संगठन भित्रै र बाहिर समेत चासोका साथ हेरिएकाले अधिवेशन भव्य रुपमा सफल पार्न मञ्चका अध्यक्ष सिम्खडाले सबैमा अनुरोध गरेका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा