बेजिङस्टोकको वोर्ल्ड पार्टीमा नेपालीको उल्लेख्य सहभागिता

लण्डन । सदा झैँ यो वर्ष पनि बेजिङस्टोक मल्टिकल्चर फोरमले जुन १७ मा इस्टोरपार्कमा वाेर्ल्ड पार्टी आयोजना गरेको छ ।
युकेको समर सिजनमा हुने सो भेलामा विश्वका विभिन्न देशका आ-आफ्नै पहिचान झल्कने भेषभूषा,जातिय कला संस्कृतिको प्रस्तुति हुने गरेको छ । कार्यक्रम हुनु अगाडि मार्च र्‍यालीले परिक्रमा गर्दा नेपालीको संख्या उल्लेखनीय देखिन्थ्यो ।
सो अवसरमा बेजिङस्टोक नेपाली समाजले च्याब्रुङ्ग नाच र कौडा नाचको प्रस्तुति दिएको थियो । च्याब्रुङ्ग नाचमा कलाकारहरु जंगबिर लाबुङ्ग,चन्द्रकुबेर आङबुहाङ,लक्ष्मी आवजङ र दिलिप बोखिम थिए भने कौडा नाचमा शर्मिला पुन ,सायरा पुन ,मनुका पुन र रोषनी पुनले भाग लिएका थिए।
कार्यक्रम संयोजन निशा शर्माले र कलाकार संयोजक बिजय लिङथेपले गरेका थिए ।
स्थानीय एमपी मारिया मिलर, मेयर फ्रान्कम लगायत विशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा समाजको तर्फबाट अध्यक्ष तिल बिक्रम सोम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष ओम गुरुङ, उपाध्यक्ष योगकुमार फगामी, सचिव निशा शर्मा,सह-सचिव ध्रुव गुरुङ र अन्य पदाधिकारीहरु पान्ड़प सुनुवार, नर बहादुर गुरुङ, बिजय लिङथेप लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री