
लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायत, माल्टा र आयरल्याण्ड बस्ने नेपाली एवं संघसंस्थालाई आफ्नो विवरण उपलव्ध गराइदिन आग्रह गरेको छ ।
तथ्यांक संकलनमा जुटिरहेको दूतावासले अनलाइन रजिष्ट्रेशनमा कम सहभागिता भएपछि त्यस्तो आग्रह गरेको हो । ‘अनलाइन रजिष्ट्रेशनमा न्यून सहभागिता देखिएकाले दूतावासको नयां परिमार्जित वेवसाइटमा गएर आफ्नो व्यक्तिगत तथा संस्थागत विवरण उपलव्ध गराइदिन हाम्रो अनुरोध छ’, दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले वीनेपालीसंग भने ।
बेलायतमा नेपालीको जनसंख्याबारे आ आफ्नै अड्कलबाजी रहंदै आएका छन् । दूतावासले आधिकारिक तथ्यांक संकलन गर्ने उद्देश्यले शुरु गरेको यस प्रयासमा नेपाली समुदायको उत्साहजनक सहभागिता हुने दूतावासको अपेक्षा छ । उपलव्ध गराइएको व्यक्तिगत विवरण गोप्य रहने दूतावासको भनाइ छ ।
अघिल्लो महिना दशौं गणतन्त्र दिवसका अवसरमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासको नयां परिमार्जित वेवसाइटसहित तथ्यांक राख्ने अनलाइन रजिष्ट्रेशन प्रणालीको उद्घाटन गरेका थिए । उक्त अवसरमा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले व्यक्तिगत विवरण र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ एवं नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार नवीन पोखरेलले संस्थागत विवरण भरेर यसको शुरुवात गरेका थिए ।
अनलाइन रजिष्ट्रेशनका लागि निम्न वेवसाइटमा गएर भर्न सकिन्छ ।
http://www.nepembassy.org.uk
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार