सोलुखुम्बु, ७ असार । बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् ।
उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्कन लागेका करिब एक सय भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामै रोकिएका छन् । लामो समयसम्मको उडान अवरुद्धका कारण केही विदेशी तथा नेपाली पर्यटकले फाप्लुसम्म पैदल यात्रा गरेका शेर्पाले बताउनुभयो ।
लुक्लाबाट फाप्लु आइपुग्न सामान्यतया तीन दिनको पैदलयात्रा गर्नुपर्छ । बाटो निकै असहज छ । लुक्लामा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्दा पर्यटक निकै मारमा परेका छन् । लामो समयसम्म विमानस्थल अवरुद्ध भएपछि लुक्ला र नाम्चेलगायत क्षेत्रका लागि काठमाडौँबाट ल्याइने तरकारी, अन्डा, मासुलगायत उपभोग्य वस्तुको अभाव भएको लुक्लाका व्यवसायी आङ दोर्जी शेर्पाले बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता