काठमाडौँ, ६ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले आज शिष्टाचार भेट गर्नुभएको भएको छ ।
भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे चासो व्यक्त गर्नुभयो ।
मन्त्री मंसुरले हाल कतारमा कार्यरत नेपाली कामदारको अवस्था के कस्तो रहेको तथा कुनै समस्या पर्ने हो कि भनी ध्यानाकर्षण गराउनुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै अप्ठेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गर्नुभएको थियो ।
कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठेरोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
राजदूत हेलले कतारमा रहेको नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल गरी आवश्यक कदम चाल्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिने बताउनुभयो ।
भेटमा मन्त्री मंसुरले कतारमा उत्पन्न कूटनीतिक सङ्कटको समाधान कूटनीतिक एवम् शान्तिपुर्ण तवरबाटै होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा