
नेकपा एमाले नगर कमिटीले टीकापुरमा आयोजना गरेकोे चुनावी सभामा उपस्थित कार्यकर्ता तथा स्थानियवासी । तस्बिर ः शरद शर्मा, रासस
काठमाडौँ, ६ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ ।
राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई आज निर्वाचन चिह्न प्रदान गरेको हो ।
निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसारका लागि बाटो खुलेको छ । निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवार नमुना मतपत्रसहित मतदाताको घरआँगनमा पुगेर मत माग्ने कार्यमा सरिक भइसकेका छन् ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि गत आइतबार ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएको विवरण आयोगलाई प्राप्त भएको बुझिएको छ ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई पार्टीको आधिकारिक चिह्न तथा अन्य दल र स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता