
परराष्ट्र मन्त्रालयमा चार वर्षको अन्तरालमा मङ्गलबार सुरु भएको नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकमा नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु र नेपाली पक्षको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ६ असार । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ ।
चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
राससलाई प्राप्त बैठकको कार्यसूचीअनुसार दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श हुनेछ ।
त्यसैगरी, दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा सांस्कृतिक आदानप्रदान, दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रुपमा आयोजना गर्नेबारेमा पनि छलफल हुनेछ ।
बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका प्रमुख साझा मामिलामा पनि विचारविमर्श हुने उक्त कार्यसूचीमा उल्लेख छ ।
बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गर्नुभएको छ भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्नुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, अर्थ, वाणिज्य, ऊर्जा, कृषि, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी बैठकमा सहभागी हुनुहुन्छ ।
नेपाल–चीन परामर्श संयन्त्रको १० औँ बैठक सन् २०१३ अगस्तमा चीनको राजधानी बेइजिङमा भएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह