लन्डन । विगत १८ वर्षदेखि बेलायत रहेका युवा उद्यमी मनोज मेहताले इनरुवा नगरपालिकाको मेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् ।
ओसन सर्भिसेस लिमिटेडका निर्देशक मेहताले विजयकुमार गच्छदार राष्ट्रिय अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट इनरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन् । उनका साथ उपमेयरमा मीरा पोखरेल अधिकारी चुनावी मैदानमा छन् ।
दोश्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएसंगै मेहता चुनावी अभियानमा सक्रिय भएका छन् ।
दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।
‘बेलायतको सारा सुविधा छोडेर आफ्नो समाज र देश विकास गर्ने प्रयासमा लागेको छु’, मेहताले चुनावी मैदानबाट भने, ‘मेरो स्वार्थ केवल समाज रुपान्तरण, विकास र स्थानीय जनताको स्तरन्नोति छ । काम गर्ने मौका दिनुस् ।’ उनले केही व्यक्तिहरुले पैसा खन्याएर मेयर बन्न लागेको आरोप लगाएपनि उनले त्यो कुरा गलत भएको बताउंदै खण्डन गरेका छन् । ‘मलाई जनताको विश्वास र माया छ, पैसा खर्च गरेर चुनाव लड्नु पर्ने अवस्था छैन्’, मेहताले भने, ‘मेरो पारिवारिक राजनीतिक पृष्ठभूमि, प्रतिष्ठा र निस्वार्थ भावनाले जनमत जित्ने पुरा विश्वास छ ।’
उनले देशले विकास चाहेको र त्यो युवा पिंढीले मात्र गर्न सक्ने बताए । उनले नगरपालिकावासी ६५ हजारको सेवा र हितमा आफू समर्पित भएको समेत बताए ।
सन् १९९९ अक्टोबरमा विद्यार्थीका रुपमा बेलायत टेकेका मनोजले सन् २००३ देखि नै व्यवसाय थालेका थिए । शुरुतिर उनी प्रोपर्टी व्यवसायमा थिए । मनोजको नेपालमा पण्डित निर्माण सेवा र बराह कन्सट्रक्सन कम्पनी पनि सञ्चालनमा छन् । काठमाण्डौं कोटेश्वरमा होटल तपोवन छ । सबै बिजनेश अरुले हेरिदिएकाले आफू पूर्णकालिन समय राजनीतिमै लाग्ने मनोजको सोच छ ।
मेहताको ओसन सर्भिसेस लिमिटेडले बेलायतमा करिब सयजनालाई रोजगारी दिइरहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]