काठमाडौँ, ५ असार । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।
दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।
दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ), विवश राई (खोटाङ), मीनप्रसाद डोटेल (काभ्रेपलान्चोक) र सुदीप तामाङ (चितवन) लाई नेपाल फकाईएको छ ।
यस्तै सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी (रुकुम), राजअलि शाही (बाँके) जितनारायण यादव (सिरहा), इन्द्रबहादुर सार्की (गुल्मी), सन्चबहादुर लिम्बू (ताप्लेजुङ), गर्जेन्द्र घर्ती मगर (रोल्पा), टेकबहादुर राप्चा (ओखलढुङ्गा), गुलाब चौधरी (सुनसरी), भरतबहादुर बुढा मगर (दाङ), विदुर कार्की (झापा) र सञ्जीव बैजु (मकवानपुर)लाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार