बनियानी (झापा), ५ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ ।
एमाले कनकाई नगरले यहाँ आज आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउन दबाब दिने बताउनुभयो । “सुरुदेखि नै एमालेले निर्वाचन गराउनुपर्छ भन्दै आएको छ”– उहाँले भन्नुभयो, “निर्धारित समयमा चुनाव नभए देश गम्भीर सङ्कटमा फस्छ ।”
संविधान कार्यान्वयनका लागि निर्वाचन निर्विकल्प भएको बताउँदै एमालेलाई कमजोर बनाउन २ नम्बर प्रदेशको निर्वाचनको मिति सारिएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “एमालेले २ नम्बर प्रदेशमा राम्रो जीत हासिल गर्छ”– उहाँले चुनाव हुन नदिन विभिन्न तत्वले चलखेल गरिरहेको दाबी गर्नुभयो । एमाले राष्ट्रियताका पक्षमा रहेकाले राष्ट्रहित विपरीत कुनै काम हुन नदिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमालेका तर्फबाट कनकाई नगरप्रमुख पदका उम्मेद्वार राजेन्द्र पोखरेल र उपप्रमुख पदका मन्जु बस्नेतले २२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
प्रबिद्धतापत्रमा पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, औद्योगिक विकास लगायतका बुँदा समेटिएका छन् । प्रमुखका प्रत्यासी पोखरेलले नगरको विकासमा आफू प्रतिबद्ध रहेकाले सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा