काठमाडौँ, ५ असार । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ ।
चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिनुभयो ।
बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आउपुग्नुभयो ।
बैठकमा चीन सरकारको सहयोगमा नेपालमा जारी विकास-निर्माणका आयोजना, चिनियाँ सहयोग तथा लगानी वृद्धिलगायत आपसी सहकार्य र सहायताबारे छलफल हुनेछ । सचिवस्तरीय उक्त संयन्त्रको बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका साथै चीनले अघि सारेको बृहत् परियोजना ओबोरमा नेपालले हस्ताक्षर गरिसकेका सन्दर्भमा त्यसबाट नेपालले प्राप्त गर्ने सहायताबारे पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पताल स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा