लन्डन । उत्तरी लन्डनको मस्जिद बाहिर एउटा भ्यानले पैदल यात्रुहरुमाथि ठक्कर दिंदा एकको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रत्यक्षदर्शीले कम्तीमा दशजना घाइते भएको बताएका छन् । लन्डन एम्बुलेन्स सर्भिसले ८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
फिन्सबरी पार्क मस्जिद बाहिर रमदान प्रार्थना सकेर फर्किएका श्रद्धालुहरुमाथि भ्यान कुंदाइएको समाचारमा जनाइएको छ ।
मेट्रोपोलिटन प्रहरी प्रवक्ताले आइतबार राती १२.२० बजे घट्ना भएको जनाएका छन् । ति प्रवक्ताले घट्नामा कयौं घाइते भएका र ४८ वर्षीय एक चालकलाई गिरफ्तार गरिएको जनाए । प्रति आतंकवाद प्रहरीले घट्नाको अनुसन्धान थालेको छ । घट्नास्थलमा प्रहरी र एम्बुलेन्सका कयौं गाडी देखिएका छन् भने सेभेन सिस्टर्स रोड बन्द गरिएको छ ।
प्रधानमन्त्री टेरेजा मेले डरलाग्दो घट्ना भन्दै सहानुभूति प्रकट गरेकी छन् भने विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नाबाट अचम्भित भएको बताएका छन् । लन्डन मेयर सादिक खानले फिन्सबरी पार्कमा भएको एउटा गम्भीर दुर्घटनाबारे छानवीन भइरहेको ट्वीट गरेका छन् ।
ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई नियोजित ठक्कर दिएको जनाएको छ । मुस्लिम काउन्सिलका महासचिव हरुन खानले जानी जानी श्रद्धालुहरुमाथि भ्यान कुंदाइनु ‘आश्चर्यजनक र क्रुर’ भनेका छन् ।
केही साताअघिमात्र लन्डन ब्रीजमा आइसीस समर्थकहरुले पैदल यात्रुमाथि भ्यान कुदाइ बरो मार्केटमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना मारिएका थिए । यसबाहेक कम्तीमा ५८ जना मारिने गरि भएको ग्रेनफेल टावर आगलागी घट्नाको साता दिन नबित्दै लन्डनले अर्को दुःखद घट्ना सामना गर्नु परेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै